२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले आज महासभामा सम्बोधन गर्ने



अ+ अ-

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री ओली उच्चस्तरीय भेटघाटमा व्यस्त छन् ।

प्रधानमन्त्री ओली मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गरेको रात्रिभोजमा सहभागी थिए । सो क्रममा उनले ट्रम्पसँग संक्षिप्त कुराकानी पनि गरेको बताइएको छ । आज प्रम ओलीले बिहीबार संयुक्त राष्ट्रसंघको महासभालाई उहाँले सम्बोधन गर्ने कार्यक्रम छ ।

बुधबार प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्डका राष्ट्रपति एलेन बेरसेटसँग तथा कोलम्बियाका राष्ट्रपति इभान डुक मार्रकेजसँग र भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग पनि सोही अवसरमा भेट गरेका थिए ।

यस्तै, प्रधानमन्त्री ओलीले बेलायतकी प्रधानमन्त्री थेरेसा मेसँग पनि भेटवार्ता गरेका छन् । महासभामा भाग लिन न्युयोर्क पुगेका अन्य विभिन्न देशका प्रतिनिधिसँग पनि प्रधानमन्नी ओलीले भेटवार्ता गरेका छन् ।

एसिया सोसाइटीले बुधबार न्यु योर्कमा आयोजना गरेको ‘शान्ति, प्रजातन्त्र तथा विकास’ विषयक बहसमा पनि प्रधानमन्त्री ओली सहभागी थिए । अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुडले सञ्चालन गरेको सार्वजनिक व्याख्यान कार्यक्रममा उहाँले सम्बोधन गरेका थिए । महासभामा सम्बोधनपछि प्रधानमन्त्री ओली न्युयोर्कबाट कोस्टारिकाको भ्रमणमा जाने कार्यक्रम छ ।