३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र विरोधी गतिविधि गर्नेलाई नियन्त्रण गर्नुपर्छ– उपनेता गच्छदार



अ+ अ-

विराटनगर, १३ असोज (रासस)ः नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले राष्ट्र विरोधी गतिविधि गर्नेलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राष्ट्रिय खण्डता अक्षुण्ण राख्नु सबै राजनीतिक दलको कर्तव्य भएको चर्चा गर्नुभयो ।

नेता गच्छदारले राष्ट्र विरोधी गतिविधि गर्नेलाई कुनै किसिमको छुट दिन नहुने उल्लेख गर्दै वर्तमान सरकारले यस्ता गतिविधिमा लाग्नेलाई समयमै नियन्त्रण गनुपर्ने बताउनुभयो ।
देशमा हत्या, हिंसा र बलात्कारका घटना वृद्धि भएकामा चिन्ता व्यक्त गर्दै उहाँले गृह प्रशासनले जनताको सुरक्षाको वातावरण सिर्जना गर्नुपर्ने आवश्यक्ता औंल्याउनभयो ।

एक प्रश्नको जवाफमा नेता गच्छदारले संवैधानिक व्यवस्थाअनुसार उपसभामुख प्रतिपक्षले पाउनुपर्ने र यसको पालना सत्तापक्षले नै गर्नुपर्ने आवश्यकता औल्याउँदै यो विषय सर्वोच्च अदालतमा प्रवेश भैसकेकाले नेपाली काङ्गेसले त्यसको निर्णय पर्खिरहेको धारणा व्यक्त गर्नुभयो ।
अर्को फरक प्रसङ्गमा उहाँले नेपाली काङ्ग्रेस र नेपाल लोकतान्त्रिक फोरमको समायोजन विद्यार्थी सङ्गठनबाट शुरुवात भएको बताउँदै आगामी दर्शै अगाडि दुबै पार्टीबीचको सहमतिअनुसार कार्य सम्पन्न हुने दाबी गर्नुभयोे गर्नुभयो ।