२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्धि र विकास मुलुकको मुख्य कार्यभार: सहमहामन्त्री डा महत



अ+ अ-

बर्दिवास, (रासस) – नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले समृद्धि र विकास मुलुकको अहिलेको मुख्य कार्यभार रहेको बताउनुभएको छ ।

आज महोत्तरीको भङ्गाहा नगरपालिका सीतापुर बजारमा पार्टी नगर समिति कार्यालयको उद्घाटन गर्दै डा महतले राजनीतिक पद्धतिले लोकतान्त्रिक पद्धति अँगालेपछि अब आर्थिक समृद्धिको चरणमा प्रवेश गरेको बताउनु भयो ।

मुलुकको यो कार्यभार नेपाली काङ्ग्रेसले बुझेको र काङ्ग्रेसले नै यस अभियानको नेतृत्व गर्न सक्ने डा महतको भनाइ थियो ।

भौगोलिक, सांस्कृतिक र धार्मिक विविधताको नेपालका लागि यिनै पक्ष समृद्धिका आधार हुने डा महतले बताउनुभयो । सगरमाथा, जनक, जानकी, लुम्बिनी, मुक्तिनाथ र पशुपतिनाथ जस्ता फरक÷फरक भूगोलका सांस्कृतिक धरोहर मुलुकको पहिचान भएका र यिनै पहिचानलाई मुलुकको समृद्धि अभियानसँग जोड्नुपर्ने डा महतको भनाइ थियो ।

मुलुकको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक पद्धति काङ्ग्रेसको विचार मात्र नभई जीवन पद्धति नै भएको डा महतले बताउनुभयो । “लोकतन्त्र काङ्ग्रेसको जीवन पद्धति हो”, डा महतले भन्नुभयो, “कम्युनिष्ट लोकतन्त्रको उपयोग गर्छन्, काङ्ग्रेस लोकतन्त्रको उपयोग हैन, जीवनको अभिन्न पद्धति ठान्दछ ।”

समारोहमा काङ्ग्रेस केन्द्रीय सदस्यहरु किरण यादव र महेन्द्र यादवलगायतले सम्बोधन गर्नुभएको थियो ।