१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

जीवनको ज्योति चम्काउन सफल कीर्तिमानी खेलाडी राना

जीवनको ज्योति चम्काउन सफल कीर्तिमानी खेलाडी राना
अ अ+ अ-

–कुमार चौलागार्इं
काठमाडौँ, ५ मङ्सिर – “खेलकूदमा विश्वलाई परिवर्तन गर्ने शक्ति हुन्छ, यसमा मानिसलाई उत्प्रेरित गर्ने शक्ति हुन्छ, खेलकूदले मानिसलाई यसरी एकताबद्ध गर्छ की जुन कुरा अन्यबाट कम सम्भावना छ, जहाँ विगतमा निराशा मात्र थियो त्यहाँ खेलकूदले आशा जगाउनसक्छ”नेन्सल मण्डेलाको यो भनाइ दृष्टिविहीन ओलम्पियन एवं कृतिमानी खेलाडी विक्रमबहादुर रानाको जीवनसँग मेल खाएको छ ।

नेपाली सेनाका सहायक सेनानी एवं पाराओलम्पियन बैतडीका विक्रमबहादुर रानाको जन्मदा स्वस्थ जीवन एउटा दुर्घटनाले शारीरिक अशक्तता बनायो । २०५६ सालमा नेपाली सेनामा भर्ती भएपछि सशस्त्र द्वन्द्वका बेलामा २०६० भदौ २६ गते तत्कालीन माओवादी विद्रोहीले थापेको एम्बुसमा परी उहाँका दुबै आँखाका ज्योति गुम्यो ।

आफ्नो हेर्न शक्ति खोसिएपछि विरक्तिएका रानाको अथक मेहनत र परिश्रमले अहिले उहाँलाई दृष्टिविहीन क्रिकेटका वादशाहका रुपमा स्थापित गराएको छ । रानाले काठमाडौँ–नुवाकोट कुर्केभञ्ज्याङको चेकप्वाइन्ट जाने क्रममा एम्बुसमा परेर दुबै आँखाका नानी गुमाउनुप¥यो ।

उक्त घटनालाई सम्झँदै रानाले भन्नुभयो, “घटनामा दुईजना सहकर्मी साथी गुमाएँ, तीन दिनसम्म होश आएको थिएन, छाउनी अस्पतालमा उपचार भयो, दायाँ पूरै गुमिसकेको र बाँया अलिअलि देख्ने गरेको थियो त्यो पनि उपचारका क्रममा गुम्यो । सञ्चारको युग थिएन, दुई महीनापछि घर परिवारले थाहा पाए, सडक सञ्जालले पनि नछोएको हाम्रो विकट गाउँमा पर्दछ ।”

रानाले भन्नुभयो, “त्यति बेला आफूलाई म मात्र हो यो संसारमा अपाङ्गता भएको व्यक्ति जस्तो लाग्थ्यो । बाँचेर पनि केही हुदैन अब म मर्नुको विकल्प छैन भनिठान्थे, जीवनप्रति वितृष्णा जागेर आउँथ्यो ।” अस्पतालमा छ महीनाको उपचारपछि युद्ध भैरव गणअन्तर्गतको नं १० बाहिनी गएका राना त्यहाँ आइसकेपछि जीवनमा नयाँ केही गर्नुपर्छ भन्ने सोचेर खेल क्षेत्रमा होमिनुभयो । जागिर १० नं बाहिनीमा थियो भने बाँसबारी क्वाटरमा बसेको थिए ।

नेपाल नेत्रहीन सङ्घले फर्काएको खुशी

अफिस र निवास आउने जाने क्रममा नेपाल नेत्रहीन सङ्घका अध्यक्ष दरबहादुर लिम्बूसँग भेट भएपछि रानाको जीवन नै परिवर्तन भयो । लिम्बूले रानालाई पनि खेलकूदमा आउन प्रेरणा दिएपछि परिवारको सहयोगमा उहाँ खेल क्षेत्रमा सक्रिय हुनुभयो ।

त्यतिबेला आफ्नो परिवारले भनेको कुरा सम्झँदै रानाले भन्नुभयो, “घटना भइसकेपछि दुःख मानेर बस्ने कुरा हुन्न, तिमी जस्तै अरु पनि धेरै छन्, तिमीले आफ्नो नयाँ पाइलाअघि बढाउनुपर्छ, यसो भनिरहँदा आमा आफै रुनु हुँदोरहेछ तर मैले देख्दैनथेँ ।”

परिवार, नेत्रहीन सङ्घ र कार्यरत युद्ध भैरव गण, त्यहाँका साथी र नेपाल सेनाकै सहयोगले आज आफू यो स्थानमा पुगेको रानाको भनाइ छ । आफ्नो पहिलो खेल अनुभवबारे रानाले भन्नुयभो, “नेत्रहीनको पनि क्रिकेट हुन्छ, भनेर थाहा पाएपछि भक्तपुरस्थित दृष्टिविहीन पढ्ने सानोठिमी क्याम्पसमा पुगियो । त्यहाँका साथीसँगको सल्लाहमा पाकिस्तानबाट दुईजना नेत्रहीन क्रिकेटरलाई यहाँ बोलाएर हामीले खेल्न शुरु गरेका हौँ ।”

पहिलो दिनको खेल सम्झदै रानाले भन्नुभयो, “पहिलोपटक बल र ब्याट छुँदा अनौंठो अनुभव गरे, कुण्ठित भएर बस्नुपर्ने अवस्थाको अन्त्य भयो । सन् २०१२ मा विश्वकप र पारा ओलम्पिक खेल्ने मौका पाएँ, आँखा गुमे पनि भाग्य रहेछ भन्ने लाग्यो ।”

सङ्घर्ष नै जीवन हो, भन्ने भावनाबाट प्रेरित राना आँखाको ज्योति गुमे पनि जीवनको ज्योति चम्काउन सफल कीर्तिमानी खेलाडी बन्नुभयो ।
नेत्रहीन क्रिकेटको पहिलो राष्ट्रिय प्रतियोगितामा पहिलो चौका हान्ने खेलाडीको रुपमा रानाले आफ्नो नाम लेखाउनुभएको छ । २०६४ सालदेखि निरन्तर तीन वर्षसम्म वर्षको उत्कृष्ट राष्ट्रिय खेलाडीको रेकर्ड पनि रानाले नै कायम गर्नुभयो ।

विसं २०६४ मा पाकिस्तानमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा ‘म्यान अफ दि सिरिज’, ‘म्यान अफ द म्याच’ घोषित राना एथलेटिक्सका पनि राम्रो खेलाडी हुनुहुनुन्छ । एशियान गेम्समा राम्रो प्रदर्शनले गर्दा सन् २०१२ लण्डन पाराओलम्पिकसम्म पुग्नुभएका उहाँले दृष्टिविहीनको तीनवटा विश्वकप खेलेपछि उहाँले सन्यास लिनुभएको छ ।

उत्कृष्ट खेल प्रदर्शन गरेबापत उहाँले पारा एथलेटिक्स अवार्डसहित अन्य विविध सङ्घ संस्थाद्वारा पुरस्कृत भइसक्नु भएको छ । सबैका लागि खेलकूद भन्ने अवधारणाअनुरुप अपाङ्ता भएका व्यक्तिले पनि खेल्न सक्छन् भन्ने मान्यता स्थापित गर्न सफल हुनुभएका राना सवलाङ्गसरह अपाङ्गता भएकाले पनि खेल खेल्न पाउनुपर्नेमा जोड दिनुहुन्छ ।

नेपाल, चीन, पाकिस्तान, बेलायतलगायत देशमा अब्बल क्रिकेट खेलाडीको छवि बनाउनुभएका रानाका सङ्घर्ष सराहनीय छन् । रानाले सन् २०१२ मै लण्डन पारा ओलम्पिक १०० र २०० मिटरमा दक्षिण एशियाली रेकर्ड कायमसमेत कायम गर्नुभएको छ । क्रिकेट खेलबाट सन्याल लिएका राना अहिले दृष्टिविहीन क्रिकेटकै विकास लाग्नुभएको छ ।

श्रीमती, दुई छोरा र आमासँग अहिले काठमाडौँमा जीवन बिताइरहनुभएका उहाँ केही समस्या केही अभावकाबीच सिमित विश्वास र भरोसामा बाँचिरहनुभएको छ ।(रासस)