२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

काङ्ग्रेसको जिल्ला सभापतिको भेला ककनीमा शुरु



अ+ अ-

नुवाकोट, १२ मङ्सिर : नेपाली काङ्ग्रेसका जिल्ला सभापतिको दुई दिने भेला आजबाट ककनीमा शुरु भएको छ ।

प्रस्तावित विधान मस्यौदामाथि छलफल गर्न काङ्ग्रेसका जिल्ला सभापति नुवाकोटको ककनीमा भेला भएका हुन् । महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको विधान मस्यौदा समितिले केन्द्रीय समितिमा गत आइतबार बुझाएको विधान मस्यौदामाथि छलफल गर्न भेला आयोजना गरिएको नेपाली काङ्ग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिनुभयो ।

जिल्ला सभापतिकै पहलमा भएको यो भेलामा काङ्ग्रेसका कोही पनि केन्द्रीय नेता सहभागी नभएको जिल्ला सभापति केसीले बताउनुभयो । “विधानमाथि छलफल गर्न विशुद्ध सभापतिको मात्र भेला हो । यहाँ केन्द्रीय नेता कोही आउनुहुन्न ।”, उहाँले भन्नुभयो ।

विधान मस्यौदा समितिले तयार पारेको विधानमा उल्लेखित सङ्गठनात्मकलगायत विभिन्न विषयमा संशोधनको लागि ७७ वटै जिल्लाका सभापतिको साझा धारणा महासमितिमा लैजाने योजनासहित भेला सञ्चालन भएको जिल्ला सभापति केसीको भनाइ छ ।

काङ्ग्रेसको महासमितिको बैठक आगामी पुस २० गतेबाट हुने तय भएको छ । महासमितिले विधान दुई तिहाइले पारित गरेपछि मात्र नयाँ विधान लागू हुने भएकाले महासमितिमा जिल्ला सभापतिको धारणा समान बनाउन ककनी भेलाले सहयोग पुग्ने काङ्ग्रेसका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीले बताउनुभयो ।




भर्खरै