२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरुको धर्म संस्कृतिको अनुशरण गर्नु नेपालीको जनमत विदेशीको हातमा पुग़्नु हो : नेता शाह



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता ऋषिकेश जंग शाहले आफ्नो संस्कृति माथी निरन्तर अतिक्रमण भएको बताउनु भएको छ। नेता शाहले अरुको धर्म संस्कृतिको अनुसरण हुनाले नेपालीको जनमत विदेशीको हातमा पुग्ने बताउनु भएको छ।

शुक्रबार आफ्नो सामाजिक संजाल फेस्बुक मार्फत आफ्नो धारण सार्वजनिक गर्दै शाहले पैसामा धर्म सँस्कृतीलाई परिवर्तन गर्ने प्रचलनले आगामी दिनमा नेपालको अस्तित्व समेत धरापमा पर्न सक्ने धारण राख्दै धर्म ,सँस्कृती परिवर्तन गराउनेहरुलाई सरकारले तत्काल कारबाहि गर्नु पर्ने आसय ब्यक्त गर्नु भयो।

एसिया प्यासिफिक जस्ता समिटमा सरकार आफै सह आयोजक बन्न खोज्नुले पनि सरकार केही रुपैयाँ डलरमा धर्म,सँस्कृतिको लिलाम गर्न लागेको शाहको आरोप छ। शाहले आगामी दिनमा धर्म प्रचारलाई सरकारले अझै प्रोत्साहन गरे धार्मिक र सम्प्रदायिक द्वन्द हुन सक्ने भन्दै सरकारले यता तिर पनि बेलैमा सोच्न जरुरी रहेको बताउनु भएको छ ।#ऋषिकेश जंग शाहको फेसबुकवालबाट साभार