२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागीबाट दुई पसलमा क्षति



अ+ अ-


राँझा । नेपालगञ्जको मुख्य व्यापारिकस्थल न्यूरोडमा रहेका दुई फेन्सी पसलमा गए राति आगलागी हुँदा लाखौँ मूल्य बराबरको सामान जलेर क्षति भएको छ ।आगलागीबाट न्यूरोडस्थित गीता थापाको न्यू जिबी कलेक्सन हाउसमा पूर्णरुपमा पूरै क्षति भएको भएको र प्रेमा बुढाथोकीको न्यू सपना सपिङको पनि अधिकांश सामान नष्ट भएको थियो ।

समयमै दमकल र प्रहरी पुगेका कारण आगलागीबाट वरपरका अन्य पसल जल्नबाट बचेको नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य एवं स्थानीयवासी कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।
नेपालगञ्ज वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण डाँगीले विद्युत् चुहिएर भएर आगलागी भएको बताउनुभयो । पसलको बीमा गरिएका कारण केही राहत भएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले घटनाप्रति दुःख व्यक्त गर्दै सङ्घको आपतकालीन राहत कोषबाट रु ५० हजारसम्म उपलब्ध गराउने व्यवस्था गरेको बताउनुभयो । रासस