२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैधरूपले ल्याइएका समानसहित एक पक्राउ



अ+ अ-

सिरहा । प्रहरीले सिरहाको विभिन्न स्थानबाट अवैधरूपले ल्याइएका करीब डेढ लाख मूल्य बराबरको समानसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा ल्याउँदै गरेको खानेतेल, भुजिया, सुर्ति, दूधको पाउडरलगायत करीब रु एक लाख मूल्य बराबरको समान बरामद गरेको हो ।

यस्तै अस्थाथी प्रहरी पोष्ट कशहाबाट खटिएको टोलीले रजनी गन्धा, राजनिवासलगायत क्षेत्रबाट अवैध रूपमा ल्याउँदै गरेको करीब रु ५० हजार मूल्य बराबरको समान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो क्रममा एक थान मोटरसाइकलसहित सिरहा नगरपालिका–१५ दुर्गापुर निवासी ३६ वर्षीय अशेश्वर सिंह महतोलाई पक्राउ गरिएको थियो । बरामद समानसहित पक्राउ परेका महतोलाई कारवाहीका लागि जिल्ला भन्सार कार्यालयमा बुझाइने जनाइएको छ । रासस