२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुक्यो नेपाली कांग्रेसमा गाठो, बन्ने भो जम्बो टोली



अ+ अ-


काठमाडौं । नेपाली कांग्रेस पदाधिकारीको बिबाद मिलेको छ । आज बसेको बैठकले पदाधिकारी संख्या बढाएर १३ पुर्याउने निर्णय गरेपछि बिबाद टुङ्गेको हो । लामो रस्साकस्सीपछि शीर्ष नेताहरुले सहमहामन्त्रीको संख्या ७ पुर्‍याउने सहमति गरेका छन् ।

बढेको पदमधिकारीमा अब उपसभाति, महामन्त्री २/२ जना हुनेछन् भने समहामन्त्री ७ जना रहनेछन् । १३ पदाधिकारी मध्ये कोषध्यक्षबाट सबै निर्वाचित हुने निर्णय बेठकले गरेको थियो ।

काङ्ग्रेसको सहमतिअनुसार अब विधान संशोधन मस्यौदा समितिले केन्द्रीय कार्यसमितिमा प्रस्ताव लैजाने र त्यसपछि महासमितिमा विधान संशोधन प्रस्ताव पेश हुने ब्यबस्था गरेको छ ।

यो निर्णय अघि उपसभाति, महामन्त्री र समहमहान्त्री २/२ बनाउने सहमति भएपनि समावेशी नभएको भन्दै केन्द्रीय सदस्यहरुले विरोध गरेका थिए । विरोधका कारण पार्टी सभाति शेरबहादुर देउवा पछि हटेपछि बिवाद टुङ्गोमा पुगेको हो । शेरबहादुरले उपसभापति र महामन्त्री एक /एक मनोनित गर्ने प्रस्ताव ल्याएसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाले अस्वीकार गरेपछि शुक्रबार नयाँ सहमति जुटेको हो ।