२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपचार गर्दा गर्दै कैदीको मृत्यु



अ+ अ-

गौशाला । महोत्तरी जिल्लाको जलेश्वर कारागारमा कैद भुक्तान गर्दै आएका एक कैदीको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । धनुषा जिल्लाको साविक धनौजी गाविस–४ बस्ने अन्दाजी वर्ष ४० का रामनाथ मण्डल धानुकको मृत्यु भएको जेलर शोभेन्द्र ठाकुरले बताउनुभयो ।

धनुषा जिल्ला अदालतको आदेशानुसार २०७४ भदौ ५ गतेदेखि लागुऔषध मुद्दामा जरिवानासहित एक वर्ष आठ महीना कैद भुक्तान गर्दै आएका कैदी मण्डल नशासम्बन्धी रोगले ग्रसित रहेको तथा पहिलेदेखि नै पटकपटक विभिन्न अस्पतालमा उनको उपचार हुँदै आएको थियो । आज बिहान करीब ६ बजे पुनःअचानक अत्यधिक बिरामी भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा लगिएको थियो भने उनको उपचारकै क्रममा करीब ७ बजे मृत्यु भएको जेलर ठाकुरले बताउनुभयो ।

मृतक कैदी मण्डलको शव परम्परागत रीतिरिवाजअनुसार अन्तिम संस्कारका लागि उनकी पत्नी प्रेमकुमारी देवीले बुझी लगेको जलेश्वर कारागारले जनाएको छ । रासस