२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्लाबाट तीन सय खेलाडी छनोट



अ+ अ-

भीमदत्तनगर । जिल्लास्तरीय प्रतियोगितामा कञ्चनपुरबाट विभिन्न १६ वटा खेलका तीन सय खेलाडी छनोट भएका छन् ।

आगामी माघको अन्तिम सातादेखि प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि यहाँ जिल्ला छनोट सकिएको जिल्ला खेलकूद विकास समिति कञ्चनपुरले जनाएको छ ।

कवड्डी, भलिबल, बक्सिङ, भारोत्तलन, जुडो, तेक्वान्दो, फुटबल, ब्याडमिन्टन, क्रिकेटलगायत १६ वटा खेलको खेलाडि छनोट भइसकेको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले जानकारी दिनुभयो ।

‘राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले २७/२८ खेलमा सहभागिता जनाउनेछ ।’ कार्यालय प्रमुख भट्टले भन्नुभयो,“राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको छनोट माघमा हुने भनिएको छ ।”

प्रदेशबाट छनोट भएको खेलाडीले मात्रै आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । ‘प्रदेशको छनोटपछि खेलाडी बन्द प्रशिक्षणमा रहन्छन् ।’ उहाँले भन्नुभयो,“अहिले पनि खेलाडी नियमित प्रशिक्षणमै छन ।” रासस