२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बबई नदी ब्यवस्थापनमा बजेट अभाव



अ+ अ-


गुलरिया । बर्दिया जिल्लामा रहेको बबई नदी ब्यवस्थापनमा बजेको अभाव हुन थालेको छ । बबई भादा औराही नदी ब्यवस्थापनमा कम रकम बिनियोजन हुदाँ आयोजनाको काम ठप्प भएको हो ।

आयोजनाको डीपीआर तयार गरी सञ्चालनमा आएको कार्यालयलाई ब्यवस्थापनमा प्रत्येक वर्ष ७८ करोड रूपैयाँ बजेट खर्च हुने भएता पनि यो वर्ष बबई नदी ब्यवस्थापन गर्न सरकारले २१ करोड रूपैयाँ मात्र बजेट बिनियोजन गरेको हो । जसले गर्दा आयोजनाको काम सुस्त गतिमा बढ्ने गरेकाले समयमा नै काम नस्किने भएको हो ।

सिंचाई मन्त्रालयले पठाएको रकम यसै आर्थिक वर्षको ६ महिनामै सकिने भएकाले बंबई नदी ब्यवस्थापनको काम प्रभावित हुने भएको हो । यस आर्थिक वर्षको ६ महिनामा जसरी काम भएको छ । त्यसैगरी कामले निरन्तरता पाउने हो भने आर्थिक वर्षको अन्तिम सम्ममा हामीलाई करिब १ अर्ब रूपैया आवस्यक पर्छ तर डीपीआर अनुसार ७८ करोड मात्र प्रत्येक वर्ष खर्चिने उल्लेख भएकाले अहिले पनि चाहे जति काम हुन सकेको छैन ।

यदी काम गरेको भुक्तानी समयमा नपाउने हो भने बबई नदीमा आउने बाढीबाट दुर्लभ जनावर कृष्णसार समेत संकटमा पर्ने अबस्था देखिन्छ ।