६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभद्र व्यवहार गर्ने तीन पक्राउ



अ+ अ-

सप्तरी । सप्तरीमा ५१ वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा एक महिलासहित तीन जना पक्राउ परेका छन् । शनिबार राति पीडितको कपाल मुडेर जुत्ताको माला लगाई अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले खड्ग नगरपालिका–२ का ५५ वर्षीय रूपनारायण राम, ३५ वर्षीया अहिल्यादेवी राम र १८ वर्षीय सुनील रामलाई पक्राउ गरेको जनाएको छ ।

चरित्रहीनको झूठो आरोप लगाई कपाल काटेर जुत्ताको माला लगाई अत्यन्तै अमानवीय व्यवहार गरेको पीडितले दुखेसो पोखिन् । इलाका प्रहरी कार्यालय कडरबोनाले अभद्र व्यवहार गरेको आरोपमा आरोपितलाई पक्राउ गरी कारवाही शुरु गरेको प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताउनुभयो । रासस