६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गरिबको झुपडीबाट उठेर संगीत सिकेका रवि ओड बने नेपाल आइडल, सर्वत्र बधाई साटासाट र खुसियाली



अ+ अ-

काठमाडौं, । नेपाल आइडल सिजन २ को उपाधि कञ्चनपुरका रवि ओडले हात पारेका छन् । उनले सो उपाधि जितेपछि गरिबको झुपडीबाट उठेका बडो संघर्ष गरेर संगीत सिकेका ओडले आइडल जिते भनेर सर्वत्र प्रसंशा गरिएको छ । शुक्रबार साँझ भएको अन्तिम प्रतिश्पर्धामा रविले सो उपाधि हात परेका थिए । शुक्रबार नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकको ग्राउन्डमा भएको ‘ग्रान्ड फिनाले’ मा बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारीलाई पछि पार्दै रविले नेपाल आइडलको उपाधि जित्न सफल भएका हुन् । नेपाल आइडलको दोस्रो संस्करण विजेता रविले एउटा होन्डा डब्लूआर–भी कार, एउटा एल्बमको सम्झौता र २२ लाख रुपैयाँ नगद पाएका छन् ।
यो उपाधि जितेका रविले अब एउटा एल्बमको सम्झौता र विश्व भ्रमणमध्ये एक छनोट गर्न पाउने छन् । फस्ट रनरअप बिक्रम बराल, सेकेण्ड रनरअप सुमित पाठक, थर्ड रनरअप अस्मिता अधिकारी बने । एमएमएस र मोवाइल एप भोटिङका आधारमा नेपाल आइडलको विजेता छनौट गरिएको हो । सेकेन्ड रनर अप बरालले पनि २० लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

सेकेण्ड रनरअप सुमित पाठक भए । सुमितले १२ लाख बराबरको चेक र ट्रफी पाए ।

थड रनरअप अर्थात् चौथो अस्मिता अधिकारी भइन् । उनले होन्डाको स्कुटर पाएकी छन् । सिजन २ की एकमात्र नारी अस्मिता फाइनलमा पुगेकी थिइन् ।