२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाविरुद्ध सर्वोच्चमा परेको मुद्दा खारेज



अ+ अ-

काठमाडाैंः  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध सर्वोच्च अदालतमा परेको अवहेलना मुद्दा  खारेज भएको छ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलाशले देउवा विरुद्धको रिट शुक्रबार खारेज गरेको हो । प्रहरी महानिरीक्षक नियुक्तिको विषयमा कांग्रेसले अदालतको अवहेलना गरेको भन्दै देउवा विरुद्ध रिट परेको थियो ।

महानिरीक्षक नियुक्तिबारे सर्वोच्चले गरेको फैसलाले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको निर्णय कांग्रेस केन्द्रीय समितिले गर्दा अदालतको अवहेलना भएको भन्दै अधिवक्ता हरिप्रसाद मैनालीले २०७३ साल चैत १५ गते कांग्रेस र देउवा विरुद्ध सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

तत्कालीन डीआइजी जयबहादुर चन्दलाई आईजीपी बनाउने सरकारको निर्णयविरुद्ध तत्कालीन प्रधानन्यायाधीश सुशीलका कार्कीको इजलासले बदर गरेपछि कांग्रेसले न्यायपालिकाले कार्यपालिकामाथि हस्तक्षेप गरेको निर्णय गरेको थियो ।