६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको विधान पारित गर्दै बैठक समापन हुने



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले महासमिति बैठकमा पेश गरिएको विधान आज पारित गर्ने भएको छ ।

लगातार चार दिन देखिको विधान मस्यौदाको अड्चन फुकाउदै शनिबार पेश गरिएको विधान संशोधन प्रस्तावमाथि छलफल गर्दै आजै बिधान पारित गर्ने अन्तीम तयारी गरिएको हो ।

विधान संशोधन प्रस्तावमाथि छलफल गर्दै आइतबार महासमिति बैठकको समापन तथा घोषणासभा गर्ने तयारी गरेको हो । महामन्त्री तथा विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले शनिबार विधान संशोधन प्रस्ताव पेस गर्नुभएको थियो ।

विधान संशेधन प्रस्ताव संगै कांग्रेसमा अब १४ जना पदाधिकारीसहित १६८ सदस्यीय केन्द्रीय कार्यसमिति हुनेछ । जसमा सभापति, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ७ (समावेशी) र कोषाध्यक्ष पदाधिकारी रहने छन् ।

अन्य पदाधिकारी निर्वाचित भएपनि कोषाध्यक्षलाई सभापतिले निर्वाचित केन्द्रीय कार्यसमितिबाट मनोनित गर्नेछ ।

यसैबीच आठ दिनदेखि काठमाडौंमा जारी महासमिति बैठकबाट महाधिवेशनको चर्चा समेत सुरु भएको छ । वर्तमान नेतृत्वसँग असन्तुष्ट कार्यकर्ताहरुले महाधिवेशनको चासो राखेका हुन् ।

नेपाली कांग्रेसको विधान पारित भएसंगै महाधिवेशनको तरंगले बैधानिक रुपमै प्रवेश पाउने देखिन्छ । संस्थापनपक्षसँग तीव्र असन्तुष्टि राख्ने इतर समूह कार्यकर्ताको महाधिवेशनको भावनालाई ‘क्यास’ गर्न चाहेको देखिदैछ ।