२६ मंसिर २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’ नोबेल शान्ति पुरस्कार विजेता इरानी अधिकारकर्मी मोहम्मदीलाई पक्राउ आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा एनपिएल टोली जनकपुरले क्रिकेट एकेडेमी सञ्चालन गर्ने अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द एमाले सचिवालय बैठक : विधान महाधिवेशनमा पारित विधानका आधारमै नयाँ नेतृत्व चयन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेइमार बिना मैदान उत्रेको पीएसजीको अर्को जित



अ+ अ-


काठमाडौं । पीएसजीले नन्टलाई १–० गोल अन्तरले हराउदै लिग वानमा १३ अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा खेलको एक मात्र गोल एम्बाप्पे गरेका थिए । उनकै एक मात्र गोलको मदतबाट पीएसजीले नन्टलाई १–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा पीएसजीका लागि ६८ औं मिनेटमा एम्बाप्पेले क्लोज रेन्जबाट गोल गरेका थिए । उक्त १ गोलसँगै जारी सिजनमा १२ खेलबाट १३ औं गोल पुर्याएका हुन् ।

कम्बरको चोटका उपचारका लागि ब्राजिल गएका नेइमार बिना मैदान उत्रेको पीएसजीले खेलामा आफ्नो दबदबा जमाउन भने सकेन ।

जितसँगै पीएसजीले १७ खेलबाट ४७ अंक बनाएको छ भने दोस्रो स्थानमा रहेको लिलेको १९ खेलबाट २४ अंक रहेको छ । नन्ट भने २० अंकका साथ दशौं स्थानमा छ ।