६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

इण्डोनेसियामा ज्वालामुखी र सुनामीबाट ४३ जनाको मृत्यु



अ+ अ-


इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएको छ । ज्वालामुखीपछी आएको सुनामीका कारण इन्डोनेसियाको जाभा र सुमात्राका आइल्याण्डमा कम्तिमा ४३ जनाको मृत्यु भएको छ ।

अनाक क्राकाटोआ नामक ज्वालामुखी बिस्फोट भएका कारण आइल्याण्डसँग जोडिएको समुद्री क्षेत्रमा सुनामी आएको हो । कम्तिमा ५ सय ८४ जना घाइते भएको त्यहाँको विपद व्यवस्थापन निकायले जनाएको छ । सो विस्फोटले समुद्रमुनि पहिरो निम्त्याएको कारण सुनामी आएको हुन सक्ने अनुमान गरिएको छ ।

धेरै मानिस अझै बेपत्ता रहेको र सयौँ भवन भत्किएका छन् । तथ्यांक संकलन भइरहेकाले ज्यान गुमाउने, घाइते तथा भौतिक क्षतिको मात्रा बढ्न सक्ने स्थानीयले बताएका छन् ।

सुनामीका कारण सन्डा स्ट्रेटका पानडेग्लाङ्ग, सेराङ्ग र दक्षिण लामपुङ्ग क्षेत्र प्रभावित भएका छन् । अनाक क्राकाटोआ नामक यो ज्वालामुखी हालैका महिनाहरूमा धेरै पटक विस्फोट भइसक्यो। ऐजेन्सी