२६ मंसिर २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’ नोबेल शान्ति पुरस्कार विजेता इरानी अधिकारकर्मी मोहम्मदीलाई पक्राउ आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा एनपिएल टोली जनकपुरले क्रिकेट एकेडेमी सञ्चालन गर्ने अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द एमाले सचिवालय बैठक : विधान महाधिवेशनमा पारित विधानका आधारमै नयाँ नेतृत्व चयन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हक्कीमा नेपाललाई कास्य पदक



अ+ अ-

काठमाडौँ । नेपालको राष्ट्रिय पुरुष हक्की टोलीले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै पदक जित्न सफल भएको छ ।

शनिबार पाकिस्तानको लाहोरमा भएको हक्की शृङ्खलामा नेपालले पहिलो सहभागितामै तेस्रो स्थान हात पार्दै कास्य पदक जित्न सफल भएको प्रशिक्षक रञ्जन थापाले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय हक्की महासङ्घको आधिकारिक प्रतियोगितामा नेपालको राष्ट्रिय पुरुष टोलीले पदक जित्न सफल भएपछि नेपालले अब हक्कीको विश्व वरियतासमेत प्राप्त गर्नेछ ।

शृङ्खलामा नेपालसहित काजकिस्तान, उज्वेकिस्तान, अफगानिस्तान समावेश थिए । राउण्ड रोविन लिगका आधारमा खेलाइएको प्रतियोगितामा नेपालले शनिबार अफगानिस्तानलाई पराजित गर्दै कास्य जित्न सफल भएको हो । लिग चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई ४–० ले हराएको थियो ।

नेपालका तर्फबाट सागर आचार्यले दुई गोल गरेका थिए । त्यस्तै रोमन राना र राजेन्द्र कार्कीले एक गोल गरेका थिए । सागर ’म्यान अफ दी म्याच’ समेत घोषित भए । समूह चरणको पहिलो खेलमा काजकिस्तानसँग ६–१ ले पराजित नेपाल दोस्रो खेलमा उज्वेकिस्तानसँग समेत समान गोल स्कोरले पराजित भएको थियो ।

अन्तिम खेलमा भने अफगानिस्तानलाई पराजित गर्दै नेपालले कास्य जित्न सफल भयो । प्रतियोगितामा शीर्ष स्थानमा रहँदै उज्वेकिस्तानले प्रतियोगिताको उपाधि उचाल्यो । रासस