१३ भाद्र २०८३, शनिबार
,
Latest
नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई कारबाहीमा आठ तालिबान लडाकू मारिए



अ+ अ-

पुल इ अलाम, अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा सोमबार तालिबान लडाकू लुकेर बसेका इलाकालक्षित अफगान सुरक्षाबलले गरेको हवाई कारबाहीमा कम्तीमा आठ लडाकू मारिएका छन् ।

लोगारको आघा जिल्लामा भएको यस कारबाहीको प्रान्तीय प्रवक्ता शाहपोर अहमादजाईले पुष्टि गर्नु भएको छ । सो कारबाहीमा आठ लडाकू मारिनुको साथै अन्य कैयौ घाइते भएका सरकारी स्रोतले औपचारिक रुपमा घोषणा गरेको हो ।
अफगानिस्तानमा नेटोआवद्ध सेनाको सहयोगमा अफगान सुरक्षा अधिकारीहरुले तालिबान लडाकूमाथिको कारबाही बृद्धि गरेको पाइन्छ ।

तालिबान लडाकूले कब्जा गरेको कैयौ स्थान सुरक्षा अधिकारीहरुको जारी राखेका प्रयासका कारण पुनः सरकारको नियन्त्रणमा आएको छ ।

यद्यपी तालिबान लडाकूको आक्रमणमा परी ज्यान गुमाउने सुरक्षा अधिकारीको सङ्ख्या पनि हाल दिनहरु नबढेको भने होइन ।

सोमबार भएको यस हवाई कारबाहीको अफगान सरकारसँग लडाई गरिरहेका तालिबान आतङ्ककारी समूहले भने कुनै टिप्पणी गरेका छैनन् । रासस