६ आश्विन २०८१, आईतवार
,
Latest
मन्त्री भण्डारी र भूटानीमन्त्री छिरिङबीच भेट काँग्रेस–एमालेबीच लिखित समझदारी नभएको भएपनि संविधान संशोधन आवश्यक थियो: सांसद निधी मेडिकल व्यवसायी प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस उपलब्धिको रक्षा गर्नेगरी संविधान संशोधन भए सहयोग गर्न तयार छौँ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ संविधन संशोधनको कुरा गर्दा झस्किनु पर्दैन: गृहमन्त्री लेखक संविधान संशोधन सरकारको मात्रै विषय होइन: सभामुख घिमिरे गोरखा मिडिया नेटवर्कका संञ्चालक छविलाल जोशी पक्राउ आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड: राष्ट्रपति पौडेल श्रीलंकामा कुनै उम्मेदवारले पाएनन् ५० प्रतिशत मत, अब दोस्रो चरणको मतगणना हुने रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, छ घाइते
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन्तलाबाट नाफा कमाउन भण्डारण गृह



अ+ अ-

गलकोट । यहाँका कृषकले सुन्तला बेमौसममा बिक्री गर्नका लागि भण्डारण गृह निर्माण गरेका छन् ।

बागलुङ नगरपालिका–८ सिगानाका टोपबहादुर खड्काले आठ रोपनी क्षेत्रफलमा सुन्तला खेती गरी उत्पादन गरेको सुन्तला भण्डारण गृहमा राखेर चैत– वैशाखमा महङ्गोमा बिक्री गर्दै आउनुभएको छ । तत्कालीन कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजनाअन्र्तगतको व्यावसायिक सुन्तला उत्पादन सङ्कलन तथा भण्डारण उपआयोजना कार्यक्रमले प्रदान गरेको रु १० लाख अनुदानमा उहाँले भण्डारण गृह निर्माण गर्नु भएको हो ।

“अहिले सुन्तालाको बजार मूल्य प्रतिकिलो रु ६० पर्छ, दुई महीनापछि प्रतिकिलो रु १५० को दरले बिक्री गछौँ,” उहाँले भन्नुभयो । भण्डारण गृहमा १० टनसम्म सुन्तला भण्डारण गर्न सकिन्छ । सुन्तलाको गुणस्तरका आधारमा छुट्टाछुट्टै राख्न मिल्छ । “बेमौसममा सुन्तलाको माग अत्यधिक हुन्छ, त्यसैले भण्डारण गृह निर्माण गरेको हुँ,” खड्काले भन्नुभयो । माटो, बालुवा र गिटीबाट निर्माण गरिएको भण्डारण गृहमा चार महीनासम्म सुन्तला भण्डारण गर्न सकिन्छ ।

सुन्तला भण्डारणका लागि भण्डारण गृह निर्माण गर्ने लहरै चलेको छ । बिऊका पशुपति कँडेल, भुकण्डेका सोमबहादुर थापा, रेशका चित्रबहादुर कार्की, दमेकका मणिभद्र सापकोटालगायतले भण्डारण गृह निर्माण गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले बागलुङको काठेखोला गाउँपालिकाको बिऊ र बागलुङ नगरपालिकाको सिगाना, तित्याङ, भकुण्डेलाई सुन्तला जोनमा समावेश गरेको छ । रासस