७ आश्विन २०८१, सोमबार
,
Latest
सहकारी ठगी प्रकरण: छविलाल जोशीलाई म्याद थप गर्न अदालत लगिँदै चर्चित धावक रोकायालाई ‘उज्ज्वल तारा खेल सम्मान—२०८१’ प्रदान गरिने श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक कर्मचारीको भागमा ११ शाखा



अ+ अ-

पशुपतिनगर । दक्षिणी इलामको माई नगरपालिकामा ९६ कर्मचारीको आवश्यक भए पनि नौ जना मात्रै कार्यारत छन् ।

जम्मा १० वडा रहेको नगरपालिकाले आन्तरिक स्रोतबाट पाँच कर्मचारी थपे पनि कर्मचारीलाई कामको भार थपिने क्रम बढ्दो छ । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतसमेत नभएको १० महीना बितेको नगर प्रमुख दीपक थेवेले बताउनुभयो । अधिकार र काम थपिए पनि नगरपालिकामा कर्मचारी नहुँदा योजना कार्यान्वयन, अनुगमन र प्रशासनिक काम गर्ने समस्या रहेको हो । कर्मचारी अभावले माई नगरपालिकामा एक कर्मचारीले ११ वटा फाँटसम्म हेर्नुपर्ने र इञ्जिनीयरले वडासचिवको समेत काम गर्नुपर्ने अवस्था छ । योजना कार्यान्वयनमा लाग्नुपर्ने प्राविधिकले वडासचिवको काम गर्नुपर्दा विकास निर्माणका योजनाले गति लिन सकेका छैनन् ।

दक्षिणकै चुलाचुली गाउँपालिकामा कर्मचारी नहुँदा योजना कार्यान्वयनको काम हुन सकेको छैन । गाउँपालिकामा प्राविधिक र प्रशासनिक कर्मचारी पर्याप्त नहुँदा कामको गति सुस्त छ । सङ्घीय सरकारले २९ कर्मचारी पठाउनुपर्ने भए पनि अहिले १० मात्रै कार्यरत छन् । वडासचिव सबै वडामा नहुँदा जनताको काम गर्न समस्या रहेको गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राईले बताउनुभयो ।

वडा कार्यालयमा योजना हेर्ने प्राविधिक सहायक र सचिव केन्द्र सरकारबाट आउनुपर्नेमा अहिले कुनै वडामा पनि प्राविधिक छैनन् । गाउँपालिकाको केन्द्रमा १७ को दरबन्दी भए पनि अहिले पाँच कार्यरत छन् । शाखाअनुसारको कर्मचारी नहुँदा बजेट भएर पनि काम गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले बताउनुभयो ।

कृषि, पशु, स्वास्थ्य र लेखा शाखामा प्रमुख भए पनि आठ वटा बढी शाखाको जिम्मा लिने कर्मचारी नहुँदा काम कसरी गर्ने भन्ने गाउँपालिकामा समस्या रहेको छ । उत्तरी सन्दकपुर गाउँपालिकामा समस्या उस्तै छ । सङ्घीय सरकारबाट २२ कर्मचारी समायोजन भएर आउनुपर्नेमा अहिले आठ जनाले गाउँपालिकाको काम धानिरहेका छन् । राँसस