६ आश्विन २०८१, आईतवार
,
Latest
रवि निगरानीमा, प्रतिवेदन अध्यायन भै रहेको छ: प्रहरी यता रविलाई पक्राउका लागि प्रहरी परिचालन, उता स्वर्णिमसहित रास्वपाका १४ नेता चीनमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन एन्फा लिगमा वागमतीको दोस्रो जित दुर्गा प्रसाईलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति कार्यकर्ताहरूलाई पार्टी कार्यालयमा जम्मा हुन रास्वपाको सर्कुलर मन्त्री भण्डारी र भूटानीमन्त्री छिरिङबीच भेट काँग्रेस–एमालेबीच लिखित समझदारी नभएको भएपनि संविधान संशोधन आवश्यक थियो: सांसद निधी मेडिकल व्यवसायी प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस उपलब्धिको रक्षा गर्नेगरी संविधान संशोधन भए सहयोग गर्न तयार छौँ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षकले दुई दिन शैक्षिक संस्था बन्द गर्ने



अ+ अ-

राजविराज । अस्थायी शिक्षकको मागमा नेपाल शिक्षक सङ्घ सप्तरीले ऐक्यबद्धता जनाउँदै आज र भोलि दुई दिने शैक्षिक संस्था हडतालको घोषणा गरेको छ ।

सङ्घका सचिव विश्वनाथ भदेसवार यादवद्वारा जारी विज्ञप्तिमा आज र भोलि शैक्षिक बन्दको घोषणा गरिएको जनाइएको छ ।
विभेदकारी परीक्षा लिई वर्षौंदेखि काम गर्दै आइरहेका अस्थायी शिक्षकलाई हटाउने प्रपञ्च रचेको विरुद्ध आन्दोलनस्वरुप शैक्षिक हडतालमा उत्रिएको सचिव यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । अस्थायी शिक्षकलाई उमेरको हदसम्म काम गर्ने अवसरको सुनिश्चितताका लागि आन्दोलन गरिएको सचिव यादवले बताउनुभयो ।

जिल्लामा रहेको ४१२ सामुदायिक विद्यालय आज र भोलि बन्द गर्ने निर्णय गरिएको नेपाल शिक्षक सङ्घ सप्तरीका अध्यक्ष दिनेश यादवले बताउनुभयो ।
यसैबीच सामुदायिक विद्यालय आज बन्द हुँदा पढाइ प्रभावित भएको विद्यार्थीले गुनासो गरेका छन्

मुस्लिम समुदायद्वारा दाइजो प्रथा अन्त्यका लागि अभियान

मुस्लिम समुदायद्वारा सप्तरीको राजविराजमा दाइजो प्रथालाई अन्त्य गर्न मङ्गलबारदेखि १० दिने अभियान शुभारम्भ गरिएको छ । इस्लामी सङ्घ नेपाल सप्तरीका अध्यक्ष मो कलिमुज्जमा खाँले सर्वसाधारणमा दाइजाविरुद्घ चेतना विस्तार गर्ने उद्देश्यका साथ १० दिने अभियान थालिएको जानकारी दिनुभयो ।

समाजमा दाइजो लिने र दिने प्रवृत्तिलाई निरुत्साहित गर्ने मुख्य उद्देश्यका साथ शुरु गरिएको अभियान जिल्लाका १८ वटै स्थानीय तहमा पु¥याउने उहाँले बताउनुभयो । सप्तरीमा नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ स्थानीय तह रहेका छन् ।
इस्लामी सङ्घ नेपाल सप्तरीको संयोजनमा दाइजो प्रथाको अन्त्य गरौँ, छोरीलाई दाइजो होइन, पैतृक शिक्षा अंश दियौँ, हिंसारहित समाज निर्माण गरौँ,लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर स्थानीयवासी शिव मन्दिरको प्राङ्गणबाट निस्केको पदयात्रा राजविराज नगर क्षेत्रको विभिन्न परिक्रमा गरी कोणसभामा परिणत भएको थियो । रासस