१ पुष २०८२, मंगलवार
,
Latest
पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ : विष्णु पौडेल एमालेको खुल्ला केन्द्रीय सदस्यमा बर्तौलाको उम्मेदवारी काव्य साँझः ‘कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा लम्साल बागमती प्रदेशसभा बैठक अनिश्चित मुस्ताङस्थित रानीपौवा बजार पर्यटनले गुल्जार भइरहँदा ‘झारकोट’ ओझेलमा रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड महाधिवेशन प्रतिनिधिहरुलाई विष्णु पौडेलको यस्तो आह्वान आहा ! राराताल- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजामती कर्मचारी समायोजन फारम भर्न आह्वान, समायोजनको सूचना जारी हुँदै



अ+ अ-

काठमाडौं ।  सरकारले निजामती कर्मचारी समायोजनका लागि कर्मचारी समायोजन फारम भर्न आह्वान गरेको छ । सूचना जारी गरेर देशभरका १ लाख ३८ हजार १७८ कर्मचारी मध्य संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गरिन लागेको हो ।

दिउँसो साढे २ बजे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पत्रकार सम्मेलन आयोजना गरेका छन् । मन्त्री पण्डितका अनुसार समायोजन फारम अनलाइनमार्फत भर्न सकिन्छ र कुन कर्मचारीलाई कहाँ खटाइएको भन्ने जानकारी पनि अनलाइनमार्फत् नै हुनेछ ।

सरकारले यसअघि नै कर्मचारी समायोजन अध्यादेश ल्याएको थियो । मंसिर २३ गते राजपत्रमा प्रकाशित अध्यादेशमा संघीय संसदका दुवै सदनमा बुधबारदेखि छलफल सुरु हुँदैछ ।