१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जैविक विविधताको संरक्षण नगरे मानव अस्तित्वमा नै खतरा : राष्ट्रपति



अ+ अ-

चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनको असरबाट जैविक विविधताको संरक्षण गर्न नसके मानव अस्तित्वमा नै खतरा उत्पन्न हुन सक्ने बताउनु भएको छ ।

१५ औँ चितवन हात्ती महोत्सवको आज सौराहामा उद्घाटन गर्नुहुँदै उहाँले भविष्यमा जलवायु परिवर्तनको असरबाट बचाउनेतर्फ सबै क्षेत्र लाग्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “भविष्यमा जलवायु परिवर्तनको असरबाट चितवन राष्ट्रिय निकुञ्जबाट हात्ती, गैँडा र जैविक विविधता लोप हुन पुगे र पर्यटक आउन छाडे भने हाम्रो पर्यटन क्षेत्रमा ठूलो असर पर्ने नै छ ।” उहाँले थप्नुभयो, “भविष्यका सन्ततिलाई समेत यी प्राकृतिक स्रोत र साधन नासोका रुपमा सुम्पिन सकेनौँ भने वन्यजन्तु र वनस्पति त लोप हुने नै छन्, त्योभन्दा बढी समग्र मानव अस्तित्वमा नै खतरा उत्पन्न नहोला भनेर भन्न सकिँदैन ।”

राष्ट्रपति भण्डारीले सर्वश्रेष्ठ चेतनशील प्राणीका रुपमा रहेको मानव समाजलाई समृद्ध बनाई रहन जीवजन्तु र प्रकृतिलाई दुःख दिन र सङ्कट थुपार्नु राम्रो कुरा नभएको बताउनुभयो ।

यस क्षेत्र भएर बग्ने महत्वपूर्ण नदीले चितवन राष्ट्रिय निकुञ्जको जैविक विविधतालाई जीवन्त राख्न ठूलो भूमिका निर्वाह गरिरहेको भन्दै उहाँले विश्व सम्पदा तथा रामसार सूचीमा सूचीकृत यहाँका सम्पदाको संरक्षण र सम्बद्र्धनमा ध्यान पुर्याउँदा ठूलो संस्कृतिक गन्तव्यको रुपमा रहेको देवघाट क्षेत्रको समेत विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा पर्यावरणमैत्री भौतिक पूर्वाधारको विकास गरी पर्यटन प्रवद्र्धनमा ध्यान दिनु आवश्यक रहेको उहाँले बताउनुभयो । राष्ट्रपति भण्डारीले पर्यापर्यटनको दिगो विकासका लागि सोही अनुकूलको शैक्षिक जनशक्ति उत्पादनमा पनि जोड दिनुपर्ने बताउनुभयो । रासस

 




भर्खरै