२७ मंसिर २०८२, शनिबार
,
Latest
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु ललितपुरमा ‘स्वदेशी बजार’ प्रदर्शनी शुरु एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछः मन्त्री घिसिङ भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरिअाेम मेहताकाे एकल चित्रकला प्रदर्शनी राजधानीमा शुरू



अ+ अ-

काठमाडौं – कलाकार हरिओम मेहताको लयात्मक अस्तित्व शीर्षकमा चौथो एकल चित्रकला प्रदर्शनी नेपाल कला परिषदमा बुधबार शुरु भएको छ ।

शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले उदघाटन गर्नुभएको उक्त प्रदर्शनी यही पुस १७ गतेसम्म चल्नेछ ।

प्रदर्शनीमा पुरातात्विक, सांस्कृतिक र राजनीतिक विषयवस्तु समेटिएका २० वटा चित्रकला राखिएका छन् ।

कला प्रदर्शनीको उदघाटनका अवसरमा संस्कृतिविद जोशीले नेपालको मध्य तथा पूर्वी तराई कलाकारिताका दृष्टिले अत्यन्त समृद्ध रहेको बताउनुभयो । कलाको माध्यमबाट धर्म, संस्कृति र सभ्यताको पहिचान देखिने चर्चा गर्दै सरकारले यी कलासंस्कृतिको जगेर्ना गर्न र खोजीनीति गर्न पहल गर्नुपर्ने खाँचो औंल्याउनुभयो ।

तराई मधेश राष्ट्रिय परिषदको आयोजनामा उक्त प्रदर्शनी भइरहेको छ ।

हरिअाेम मेहताकाे चित्रकला नेपाल कला परिषद बबरमहल, काठमाडाैंमा प्रदर्शनमा