२७ मंसिर २०८२, शनिबार
,
Latest
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु ललितपुरमा ‘स्वदेशी बजार’ प्रदर्शनी शुरु एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछः मन्त्री घिसिङ भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विष्णु राजवंशीकाे कलाकारिता, मूर्ती बनाएर जीविका



अ+ अ-

भद्रपुर – झापाको साविक महेशपुर ६ हाल भद्रपुर ४ मा विगत ११ वर्षयता माटाको मूर्ति बनाएर जीवन गुजारा गर्दै आएका कलाकार विष्णु राजवंशी लगनशील र मेहनती युवा हुन् । अभिषेक मूर्ति उद्योगका नाममा चर्चित उनको पेशा मेचीदेखि महाकालीसम्म चर्चा कमाएर फैलिएको छ । पछिल्ला चार वर्षयता आदिवासी जनजातिका झलक दिने मूर्ति वनाउन व्यस्त राजवंशी पिताको पेशालाई निरन्तरता दिने दोस्रो पुस्ताका मूर्तिकार हुन् ।

माटोसंगै खेलेर पाँच जनाको परिवार पाल्दै आएका राजवंशी जीवनलाई मूर्तिसंगै साट्दै भगवान पार्वति महादेव ,सरस्वति ,लगाएत का विभिन्न देवी देवताका का अतिरित्त अन्य कुनै ,प्रकारका समेत मुर्ति वनाउने गर्दछन ।

मुर्ति वाटै घरपरिवार चलाउनुका साथै समाजीक सेवामा समेत सहयोग र लगानी गर्न पछि नपर्ने राजवँशी स्वदेशी श्रम र माटोको माया गर्ने राजवंशी समाज सेवा र शुसासनका लागि पहरेदारी गरिरहेका सामाजिक अगुवा पनि हुन् ।

उनले समाज विचलनमा फस्ने कारणका रुपमा भ्रष्टचार रहेको ठहर गर्दै भद्रपुर नगरलाई भ्रष्टचार सुन्य नगरका रुपमा विकास गर्न स्थानीय विकास निर्माणमा कमिशन विहिन सेवा अभियान समेत चलाइ रहेका छन् ।

सामान्य लेखपढ मात्र गरेका राजवंशी युवापुस्तालाई स्वदेशी श्रम र सीपको महत्व बुझाउने अभियानमा समेत रहेका छन् । राजनीतिमा शुद्घिकरण अनिवार्य रहेको अनुभव सुनाउने राजवंशी लोकतन्त्रमा अशल शासक रहनु जरुरी ठान्छन् ।

पैसा र पहुँचमा राज्य अलमल भएसम्म लोकतान्त्रिक गणतन्त्र सर्वहारा वर्गको पहुँचमा नआउने बताउने राजवंशी इमान्दार र लगनशील कार्यले पेशामा सफलता मिल्ने जनाउछन् ।

चार जनाको परिवार धानेर पनि समाजमा केही देन दिन उनको मूर्तिकलाको आय सफल भइरहेको उल्लेख गर्दछन् । नेपाली माटोलाई माया गर्ने राजवंशी मुर्तिकलाका उदाहरण भएर भद्रपुर नगरको महेशपुरमा रमाइरहेका छन् ।