३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

विष्णु राजवंशीकाे कलाकारिता, मूर्ती बनाएर जीविका



अ+ अ-

भद्रपुर – झापाको साविक महेशपुर ६ हाल भद्रपुर ४ मा विगत ११ वर्षयता माटाको मूर्ति बनाएर जीवन गुजारा गर्दै आएका कलाकार विष्णु राजवंशी लगनशील र मेहनती युवा हुन् । अभिषेक मूर्ति उद्योगका नाममा चर्चित उनको पेशा मेचीदेखि महाकालीसम्म चर्चा कमाएर फैलिएको छ । पछिल्ला चार वर्षयता आदिवासी जनजातिका झलक दिने मूर्ति वनाउन व्यस्त राजवंशी पिताको पेशालाई निरन्तरता दिने दोस्रो पुस्ताका मूर्तिकार हुन् ।

माटोसंगै खेलेर पाँच जनाको परिवार पाल्दै आएका राजवंशी जीवनलाई मूर्तिसंगै साट्दै भगवान पार्वति महादेव ,सरस्वति ,लगाएत का विभिन्न देवी देवताका का अतिरित्त अन्य कुनै ,प्रकारका समेत मुर्ति वनाउने गर्दछन ।

मुर्ति वाटै घरपरिवार चलाउनुका साथै समाजीक सेवामा समेत सहयोग र लगानी गर्न पछि नपर्ने राजवँशी स्वदेशी श्रम र माटोको माया गर्ने राजवंशी समाज सेवा र शुसासनका लागि पहरेदारी गरिरहेका सामाजिक अगुवा पनि हुन् ।

उनले समाज विचलनमा फस्ने कारणका रुपमा भ्रष्टचार रहेको ठहर गर्दै भद्रपुर नगरलाई भ्रष्टचार सुन्य नगरका रुपमा विकास गर्न स्थानीय विकास निर्माणमा कमिशन विहिन सेवा अभियान समेत चलाइ रहेका छन् ।

सामान्य लेखपढ मात्र गरेका राजवंशी युवापुस्तालाई स्वदेशी श्रम र सीपको महत्व बुझाउने अभियानमा समेत रहेका छन् । राजनीतिमा शुद्घिकरण अनिवार्य रहेको अनुभव सुनाउने राजवंशी लोकतन्त्रमा अशल शासक रहनु जरुरी ठान्छन् ।

पैसा र पहुँचमा राज्य अलमल भएसम्म लोकतान्त्रिक गणतन्त्र सर्वहारा वर्गको पहुँचमा नआउने बताउने राजवंशी इमान्दार र लगनशील कार्यले पेशामा सफलता मिल्ने जनाउछन् ।

चार जनाको परिवार धानेर पनि समाजमा केही देन दिन उनको मूर्तिकलाको आय सफल भइरहेको उल्लेख गर्दछन् । नेपाली माटोलाई माया गर्ने राजवंशी मुर्तिकलाका उदाहरण भएर भद्रपुर नगरको महेशपुरमा रमाइरहेका छन् ।