१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौ सेवक राम दाइ सम्मानित



अ+ अ-

काठमाडौँ । पशुपति वनकालीमा नन्दी सेवा आश्रम सञ्चालन गर्दै आएका रामबहादुर न्यौपाने ९गोपाल० यसवर्षको ‘साइनिङ वल्र्ड कम्पासन एवार्ड’द्वारा पुरस्कृत हुनुभएको छ ।

सुप्रिम मास्टर इन्टरनेशनल एशोसिएशनले शनिबार ललितपुरको खुमलटारमा गरेको एक कार्यक्रममा न्यौपानेलाई एवार्डको साथमा सो संस्थाकी सञ्चालिका सुप्रिम मास्टर चिङ्हाइले पठाउनुभएको ३० हजार अमेरिकी डलरको चेक मास्टरका अनुयायीको तर्फबाट नेपाल भेगन एशोसियशनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने र मीरा खनालले हस्तान्तरण गर्नुभएको थियो ।

रामबहादुरले छाडा छोडिएका गाई गोरु तथा बाच्छाबाच्छीलाई आश्रय दिन काठमाडाँैंको पशुपति क्षेत्रको वनकालीमा नन्दी आश्रम सञ्चालन गर्दै आउनुभएको छ ।

काठमाडौँ लगायतका शहर एवं गाउँबस्तीमा गाई धनीले दूध दिँदासम्म दुहुने र दूध दिन छाडेपछि गाईलाई सडकमा लगेर छोडिदिने, आफूले धेरै दूध पाउन दूधेबाच्छोलाई पनि सडकमा छोडिदिने गर्ने गरेको पाइएको छ । छाडा छोडिएका गाईगोरु बाच्छाबाच्छीको कारणले सडकमा ट्राफिक जाम हुने, दुर्घटना हुने गरेका छन् ।

सवारी साधनले ढक्कर दिने र ती गाईगोरु तथा बाच्छाबाच्छी घाइते हुने, बिरामी हुने जस्ता धेरै समस्या हुने गरेको पाइन्छ । छाडा छोडिएका गाईगोरु बाच्छाबाच्छीलाई बस्न खान र औषधोपचारको व्यवस्था मिलाउने कामलाई आफ्नो साधना बनाएका न्यौपानेको उदाहरणीय कार्यको मूल्याङ्कन गर्दै पुरस्कृत गरिएको हो ।

सुप्रिम मास्टर चिङ्हाई विश्व प्रसिद्ध आध्यात्मिक गुरु हुनुहुन्छ । उहाँले आफ्नो शिष्य ग्रहण गर्ने जोकोहीलाई पनि सबै प्राणीप्रति दया, करुणा गर्न, प्राणी हिंसा नगर्न र पूर्ण शाकाहारी आहार एवं सात्विक जीवनयापन गर्न मार्ग दर्शन गर्नुहुन्छ ।

सुप्रिम मास्टर इन्टरनेशनल एशोसिएशनले प्रदान गर्ने साइनिङ वल्र्ड कम्पासन एवार्ड नेपालीका लागि यो तेस्रो हो । प्रथम एवार्ड समता शिक्षा सदनका उत्तम सञ्जेल र दोस्रो एवार्ड माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले प्राप्त गर्नुभएको थियो ।
रासस