१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राउटेलाई कोट, मुसहरलाई कम्बल



अ+ अ-

गौशाला । महोत्तरीको मटिहानी नगरपालिका–४ मझौरा बिसनपुरका ८४ परिवार मुसहरलाई नेपाल रेडक्रस महोत्तरी शाखाले कम्बल वितरण गरेको छ ।

गरीबी र विपन्नताबीच वर्षेनी जाडोमा समस्यामा पर्ने त्यस गाउँका मुसहर परिवारलाई जाडोबाट बच्न कम्बल प्रदान गरिएको रेडक्रस महोत्तरी शाखाका सभापति दीपक मिश्रले बताए ।

उनले त्यहाँका मुसहर परिवार जाडोको बेला ओढ्ने ओछ्याउने न्यानो लुगाको अभावमा निकै समस्यामा रहेको स्थानीय तहबाट जानकारी आएपछि रेडक्रस टोलीले त्यस ठाउँका ८४ परिवारलाई न्यानोस्वरुप कम्बल बाँडेको जनाए ।