१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजसेवी उज्ज्वल तामाङले गरे २ रोपनी जग्गा विद्यालयलाई दान



अ+ अ-

काभ्रे – जिल्लाको तिमाल गाउँपालिक वडा नं.१ स्थित श्री जन चेतना माध्यमिक विद्यालयको लागि सोही गाउँपालिकामा बसोबास गर्ने समाजसेवी ज्ञानध्वज तामाङ(उज्ज्वल) ले आफ्नो २ रोपनी जग्गा विद्यालयलाई दान गरेको छ ।

बदलिँदो समय संगै आधुनिक शिक्षा र प्राविधिक शिक्षाको माग भइरहेको बेला गाउँघरमा रहेका विद्यालयहरुमा विद्यार्थीहरुको लागि साधारण भवन निर्माण र खेल मैदानको लागि ठाउको समेत अभाव भइरहेको बेला तामाङले २ रोपनी जग्गा विद्यालयलाई दान गरेपछि स्थानीयहरु निक्कै खुशि भएका छन ।

आइताबार सदरमुकाम धुलखेलबाट उक्त जग्गा विद्यालयको नाममा नामसारी गर्दै आफु जन्मेकोको हुर्केको अनि क ख सिकेको विद्यालयलाई यसरी सहयोग गर्न पाउदा गर्ब महसुस भएको र यस्तो कार्यहरूलाई निरन्तरता दिने समाजसेवी ज्ञानध्वज तामाङ( उज्ज्वल)ले बताएका छन भने विद्यालयको तर्फबाटमा सह-प्रअ कपिलमनी डाँगी र व्यवस्थापन समितिको अध्यक्ष च्याङबा लामाले यो कदम सरहनिय रहेको भन्दै तामाङलाई धन्यवाद व्यक्त गरेका थिए ।