१२ आश्विन २०८१, शनिबार
,
Latest
ताप्लेजुङको विकास र समृद्धिका लागि पाथीभरा केबलकार आवश्यक छ: अध्यक्ष ढकाल नागढुङ्गाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध निरन्तर वर्षा : केही नदीमा जलसतह खतरास्तर नजिक ललितपुरको किस्ट अस्पतालनमा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारियो द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार…
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली सरकारको कमाल, अब पाइपबाटै पेट्रोल



अ+ अ-

काठमाडौं । नेपालमा आउँदो वैशाखदेखि पाइप लाइनमार्फत भारतबाट पेट्रोलियम पदार्थ आउने भएको छ । दक्षिण एसियाकै पहिलो क्रस बोर्डर परियोजनाको रुपमा रहेको मोतिहारी अमलेखगञ्ज परियोजनाअन्तर्गत पेट्रोलियम पदार्थ ल्याउन लागिएको हो ।

करिब ७० किलोमिटर लम्बाइ रहेको परियोजनाअन्तर्गत पाइप बिछ्याउने काम द्रुत गतिमा भइरहेकाले वैशाखसम्म पेट्रोल आउने परियोजना कार्यालय सिमराले जनाएको छ । नेपालतर्फको भूभागमा पर्ने ३७.२५ किलोमिटरमध्ये अब १० किलोमिटर मात्र पाइपलाइन बिछ्याउन बाँकी रहेको कार्यालयले जनाएको छ ।

नेपाल भारत दुबै सरकारको प्राथमिकतामा रहेको परियोजना भारतीय आयल कर्पोरेशनको दुई अर्ब बढीको लागतमा निर्माण भइरहेको छ । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।