७ मंसिर २०८१, शुक्रबार
,
Latest
बालेनको एक्सन: एमालेलाई एक लाख रुपैयाँ जरिवाना भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशन एमालेको जागरणसभामा जे देखियो… पुटिनले पश्चिमा मुलुकलाई दिएको चेतावनीबाट नडराउने स्वीडेनको भनाइ खानेपानी आयोजना चाँडो मर्मत गर्नुहोस्: मन्त्री यादव दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा आठ घाइते कांग्रेसद्वारा मुलुकको आर्थिक अवस्थाबारे सरोकार भएकाहरूबाट सुझाव सङ्कलन रवि र छविलालसहित १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश यस्ता छन् मन्त्रीपरिषद् निर्णय- ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप देखी बिभिन्न निकायमा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कठ्याङ्ग्रिँदो चिसोमा पनि महिनावारी हुँदा खुला आकाशमुनि



अ+ अ-

हुम्ला । तापमान झरेर माइनस १० देखि १५ डिग्री सेल्सियससम्म पुग्दा पनि हुम्ला जिल्लाका महिला महिनावारी हुँदा घर बाहिरै बस्ने गर्छन् । संस्कार भन्दै छाउ हुँदा घर बाहिरको आँगनमा आगोको सहायतामा उनीहरु खुला आकाशमुनिको चिसो रात कटाउन बाध्य छन् ।


हुम्लामा ७५ प्रतिशत महिलालाई महिनावारी भएको समयमा ३ देखि ५ दिन घरबाहिरै बस्नु पने बाध्यता रहेको छ । सर्केगाड गाउँपालिका वडा ३ उनापानी गाउँकी सविता थापाले आफूहरु महिनावारी हुँदा पुस–माघको कठ्याङ्गग्रिँदो चिसोमा खुल्ला आकाशमुनि बस्दै आएको बताइन् ।

सामाजिक मान्यता र वर्षौंदेखि जरो गाड्दै आएको कुसंस्कारले गर्दा महिलाले महिनावारीका बेला यस्तो सास्ती खप्नुपर्छ ।

उनापानी गाउँको बीचमा रहेको खाली जग्गामा रातको समयमा बालेको आगो ताप्दै बसेकी पञ्चकली भडेराले भनिन् – “म अहिले ४४ वर्षकी भएँ । मेरो महिनावारी शुरु भएदेखि आजसम्म घरको आँगनमा यसरी आगोको भरमा बस्दै आइरहेकी छु ।

फेरुवा र छालाको सानो लिप्टो (सानो टुक्रा) ओछ्यान लगाएर पातलो कम्बल ओढेर आगो नजीक बसेकी फडेराले यो महिलाहरुको रहर नभएर बाध्यता भएको बताइन् ।

अन्य गाउँपालिकाका महिला भने महिनावारी (छुई) हुँदा घरको जग छुन नपाए पनि गोठमा बस्दै आएका छन् । शिक्षित महिलाहरु पनि महिनावारी हुँदा घर बाहिरै बस्ने गर्छन् । फडेराले भनिन् – “यो कुनै छोइछिटो वा छुवाछूतको कुरा होइन तर, यति कुरा थाहा हुँदा हुँदै पनि गाउँ समाजका अगाडि निरीह भएर बस्नुको कुनै विकल्प छैन ।”

बा¥ह उत्तीर्ण गरेकी उर्मिला रावतले यस्तो कुप्रथालाई मान्नु पर्दैन भनेर बहस गर्न खोज्दा समाजमा एक्लिने डरकै कारण चुप लागेर बस्नु पर्ने अवस्था रहेको दुःखेसो पोखिन् ।

उनापानि गाउँ जिल्लाकै शिक्षित गाउँका रुपमा चिनिएको भए पनि कुसंस्कारले जकडिएको परम्परा र धार्मिक अन्धविश्वासका कारण महिलाहरुले यो नियति भोग्नुपरेको सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीले बताए । चिसोका कारण यहाँका अधिकाँस महिला बाथ, दम, निमोनिया जस्ता रोगको शिकार बन्ने गरेका छन् ।

सर्केगाड गाउँपालिकामा मात्र नभएर जिल्लाका सातवटै गाउँपालिकामा यो चलन रहेको जिल्ला अस्पतालकी अनमी सरिता बोहराले बताइन् ।

सिमकोटमा पनि छाउपडीको विभेद

सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकामा पनि छुई हुँदाका बखत विभेद गरिन्छ । सिमकोट गाउँपालिकामा आठ वडा छन् । सिमकोट बजारमा छुईलाई सामान्य प्रक्रिया कै रुपमा लिने गरिए पनि वडा ७ र ८ मा यो कुप्रथा कायमै रहेको तिर्थपुरी सिंहले बताइन् ।
महिनावारी हुँदा धामी, झाँक्रीको देउता लाग्ने डरले महिला घरभित्र पस्न नमिल्ने भएको सिंहको भनाइ छ ।

स्थानीय सरकारले महिलासम्बन्धी कार्यक्रम दैलोदैला पु¥याउन नसके पनि अबका दिनमा हुम्लालाई छाउमुक्त जिल्ला बनाउने प्रतिवद्धता सर्केगाड गाउँपालिका उपाध्यक्ष जोशी धामीले व्यक्त गरे ।


लामा समुदाय भने उदार
हुम्लाका उच्च हिमाली क्षेत्रमा बसोबास गर्दै आएको लामा समुदायले भने महिनावारीलाई नियमित तर सामान्य प्रक्रियाका रुपमा मात्रै लिने गर्छ ।
जिल्लाको नाम्खा गाउँपालिकामा १ देखि ५ वडासम्म सबैमा लामा समुदायको बसोबास रहेको छ भने सिमकोट गाउँपालिका वडा ३ र ४ मा लामा समुदायको बाक्लो वस्ती रहेको छ ।

लामा समुदायमा महिला महिनावारी हुँदा घर बाहिर बस्ने चलन नभएको सिमकोट–३ की माया लामाले बताइन् ।


लामाले भनिन् – “महिनावारी हुँदा हामी सामान्य प्रक्रिया जस्तै ठान्दछौं । जुन समय महिनावारी हुन्छौ त्यतिखेर नै सफा भएर बस्छौं । घर बाहिरै बस्नु परेको छैन । सुत्केरी हुँदा पनि फरक घर नभएर परिवार सँगै बस्ने गर्छौं ।”