२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

थारु समुदायको ज्ञापनपत्र मुख्यमन्त्रीलाई



अ+ अ-

लहान । थारु कल्याणकारिणीसभा सप्तरीले प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई विभिन्न मागसहितको ज्ञापनपत्र आज बुझाएको छ ।

प्रदेशको हरेक निकायमा थारु जातिको जातीय जनसङ्ख्याको आधारमा प्रतिनिधित्वको सुनिश्चितता, लोकसेवा आयोगमा जातीय जनसङ्ख्याको आधारमा कोटा निर्धारण, थारु सङ्ग्रहालय स्थापना, थारु बाहुल्यता क्षेत्रका जिल्लामा थारु भाषाको पाठ्यपुस्तक कम्तीमा आधारभूत विद्यालयसम्म लागू, प्रदेश नं २ मा थारु होमस्टेको विकास, जाँड, रक्सी जुवातास दुव्र्यसनी नियन्त्रणका लागि ठोस् नीति कार्यक्रम सञ्चालन गर्नुपर्ने माग ज्ञापनपत्रमा अघि सारिएको छ ।

उच्च शिक्षामा अध्ययरत थारु विद्यार्थीलाई छुट्टै छात्रवृतिको व्यवस्था, थारु महिलामा भएको मौलिक सीप कलालाई उत्थान गरी त्यसको आधारमा स्वरोजगार सिर्जना, स्नातक उत्तीर्ण शिक्षित बेरोजगार युवालाई समेटी प्राविधिक ज्ञान तालीमसँगै स्वारोजगार कार्यक्रम सञ्चालन गर्नुपर्नेलगायतका माग उल्लेख छ । सुरुङ्गा नगरपालिका– ५ कुशाहामा सञ्चालन हुने दुई दिने माघी महोत्सव उद्घाटनमा आएका मुख्यमन्त्री राउतलाई सभाका सप्तरी अध्यक्ष शिवनारायण चौधरी (शिबा) ले ज्ञापनपत्र बुझाएका थियो ।

मुख्यमन्त्री राउतले ज्ञापनपत्रमार्फत अघि सारिएका कतिपय कुरा प्रदेश सरकारले यसअघि नै सञ्चालन गरिसकिएको र क्रमशः अरु माग पूरा गर्दै जाने आश्वासन दिएका छन् ।