२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाका जवानलाई डीडीसीको दूध



अ+ अ-

काठमाडौं । नेपाली सेनाका जवानहरूलाई दुग्ध विकास संस्थान (डीडीसी)ले उत्पादन गरेको दूध दिन थालिएको छ। वेलावेलामा देखिने गरेको ‘मिल्क होलिडे’ कम गर्नका लागि डीडीसीले उत्पादित दूध नेपाली सेनाका जवानका लागि उपलब्ध गराउन थालेको हो।
गोरखापत्र दैनिकका अनुसार नेपाली सेनाका देशभरका ९० हजार जवानले दैनिक रूपमा डीडीसीको दूध पिउन थालेमा दूध खपत बढ्ने डीडीसीको दाबी छ। डीडीसीले धुलो दूधका रूपमा डेरी ह्वाइटनर र होल मिल्क पाउडर नेपाली सेनालाई दिने भएको छ।

यसअघि नेपाली सेनाले आफ्न जवानलाई चौधरी ग्रुपले उत्पादन गरेको मिल्क पाउडर (घुतांशरहित धुलो दूध) दिँदै आइरहेको थियो पछि त्यसमा समस्या देखेपछि नेपाल सरकारको स्वामित्वमा रहेको डीडीसीले उत्पादन गर्ने डेरी ह्वाइटनर दूध प्रयोग गर्न थालेको हो। निमित्त महाप्रबन्धक ईश्वरीराज न्यौपानेका अनुसार डीडीसी र नेपाली सेनाबीच सम्झौता भई दूध आपूर्ति सुरु गरिसकेको छ।