२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाका जवानलाई डीडीसीको दूध



अ+ अ-

काठमाडौं । नेपाली सेनाका जवानहरूलाई दुग्ध विकास संस्थान (डीडीसी)ले उत्पादन गरेको दूध दिन थालिएको छ। वेलावेलामा देखिने गरेको ‘मिल्क होलिडे’ कम गर्नका लागि डीडीसीले उत्पादित दूध नेपाली सेनाका जवानका लागि उपलब्ध गराउन थालेको हो।
गोरखापत्र दैनिकका अनुसार नेपाली सेनाका देशभरका ९० हजार जवानले दैनिक रूपमा डीडीसीको दूध पिउन थालेमा दूध खपत बढ्ने डीडीसीको दाबी छ। डीडीसीले धुलो दूधका रूपमा डेरी ह्वाइटनर र होल मिल्क पाउडर नेपाली सेनालाई दिने भएको छ।

यसअघि नेपाली सेनाले आफ्न जवानलाई चौधरी ग्रुपले उत्पादन गरेको मिल्क पाउडर (घुतांशरहित धुलो दूध) दिँदै आइरहेको थियो पछि त्यसमा समस्या देखेपछि नेपाल सरकारको स्वामित्वमा रहेको डीडीसीले उत्पादन गर्ने डेरी ह्वाइटनर दूध प्रयोग गर्न थालेको हो। निमित्त महाप्रबन्धक ईश्वरीराज न्यौपानेका अनुसार डीडीसी र नेपाली सेनाबीच सम्झौता भई दूध आपूर्ति सुरु गरिसकेको छ।