२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस दुर्घटना प्रति नेविसंघका केन्द्रीय सदस्य क्षेष्ठद्धारा दुःख ब्यक्त



अ+ अ-

पर्वत । पर्वतको कुस्मा नगर पालीका १ मालढुङ्गामा भएको बस दुर्घटना प्रति नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य लिखीत क्षेष्ठले दुःख ब्यक्त गरेका छन् । क्षेष्ठले पर्वतको कुस्मा नगरपालिका वडा नं १ मालढुङ्गामा बस दुर्घटना भई ८ जनाको मृत्युले निकै दुखीत तुल्याएको बताएका छन् ।

बिहिबार बिहान म्याग्दीको बेनीबाट नारायणगढ तर्फ हिडेको ग १ ख ६१०८ नम्बरको बस सवा ८ बजे दुर्घटना भएको थियो । उक्त दुर्घनामा परि पर्वत जलजला गाउँपालिका–८ नाग्लीवाङका टिके परियार, उनकी श्रीमती सेती परियार, सोही ठाउँकी शान्ती महत, म्याग्दी पाखापानीका राजेश पुन, विष्णुमाया पुन र बागलुङको कु्ँडुलेकी शान्ती केसीको ज्यान गएको हो । क्षेष्ठले मृत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारहरु प्रति हार्दिक समवेदना प्रकट गर्नुका साथै घाइतेहरुलाई राज्यले उपचारको सम्पूर्ण व्यवस्था गरोस् माग गरेका छन् ।