२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीपरिषदद्वारा सार्वजनिक क्षेत्रको तलब बृद्धिको घोषणा



अ+ अ-

खार्टुम । सुडानको मन्त्रीपरिषद्ले सार्वजनिक क्षेत्रमा काम गर्ने मजदुर तथा कर्मचारीहरुको तलब बिहीबार बृद्धि गरिदिएको छ ।

सुडान वकर्स ट्रेड युनियन फेडेरेसनले झण्डै पाँच सयदेखि २५ सयसम्म सुडानी पाउन्डको दरले तलब बढाउन यसअघि नै सहमति जनाएको थियो ।

यही जनवरी ३ मा राष्ट्रपति ओमर अल बशिरले कर्मचारीहरुको तलब बृद्धि गर्ने प्रतिबद्धता गर्नुभएको थियो ।

दैनिकी धान्नका लागि यही जनवरी देखि नै तलब बृद्धि गर्नैपर्ने अवस्था रहेको उहाँले स्वीकार गर्नुभएको थियो ।

गत जनवरी १९ देखि सुडानका विभिन्न ठाउँमा सरकार विरुद्ध आन्दोलन भइरहेका बेला सरकारले तलब बृद्धि गर्ने निर्णय गरेको हो ।

पाउरोटीको मुल्य बढेपछि राजधानी खार्तुमसहित मुख्य सहरहरुमा लगातार भइरहेका आन्दोलनका क्रममा भएको झडपमा परी अहिले सम्म कम्तिमा २४ जनाको मृत्यु भएको छ ।

आन्दोलनका कारण हजारौ घाइते भएका छन् भने जनजीवन प्रभावित भएको छ ।