१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

भगवानकै सयौ बिघा जग्गा गायब !



अ+ अ-

काठमाडौं । पशुपतिनाथ मन्दिरको जग्गा काठमाडौं उपत्यकामा मात्र छैन। यसका नाममा रौतहट, सर्लाही, सिरहा र पर्सामा ११ सय बिघा जमिन त छ, तर गायब सरह।
मन्दिर संरक्षक पशुपति क्षेत्र विकास कोषले लामो अनुसन्धानपछि यो पत्ता लगाए पनि फर्काउन सकेको छैन। राजा त्रिभुवनले आफूलाई दूध खुवाएबापत बुबु बडामहारानी (धाई आमा)लाई तराईका ४ जिल्लामा ११ सय बिघा जग्गा बिर्ता दिएका थिए। निःसन्तान बुबु बडामहारानीले जीवनको आखिरी अवस्थामा त्यो जग्गा पशुपतिनाथ (श्री)का नाममा दान गरेकी थिइन्।
त्यसको अभिलेख सनद, सवाल, लालमोहर, शिलापत्र, ताजपत्र, भोजपत्र, ताडपत्र आदिमा रहेको कोषले जनाएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।
यति ठूलो परिमाणको जग्गा गायब पारिएको धेरै वर्ष भने भएको छैन। २०४२ सम्म हकभोग गर्नेहरूले यसको तिरो (कुत) तिरेका थिए। विस्तारै त्यो क्रम रोकियो। २०४४ मा पशुपति क्षेत्र विकास कोष स्थापनापछि भने तिर्ने क्रम ठप्प भयो। कोषले जग्गा छ भन्नेसम्म मतलब गरेन। अभिलेखमा राखेन।
अचम्म त यो छ– यसको स्रेस्ता न कोषसँग छ, न मालपोत, न गुठीसँग। कोषका सदस्य सचिव प्रदीप ढकालले आफू पदमा आएपछि पशुपतिनाथ मन्दिरका नाममा रहेको सम्पत्ति खोजबिन गर्न थालेको बताए।
झन्डै एक वर्षअघि कोषका कोषाध्यक्ष मिलन थापाको संयोजकत्वमा पशुपतिनाथको चल अचल सम्पत्ति छानबिन समिति बन्यो। समितिले सम्पत्ति खोज्ने क्रममा रौतहट, सर्लाही, सिरहा र पर्सामा पनि जमिन रहेको पाएको हो।