२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस सभापति देउवाले भने- सरकारविरुद्ध आन्दोलनका लागि तयार हुनु



अ+ अ-

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार विरुद्ध सडक आन्दोलन गर्ने संकेत गरेका छन् । उनले भनेका छन्, पार्टीले सरकारका विरुद्धमा आन्दोलनको घोषणा छिट्टै गर्नेछ, त्यसको तयारीमा बस्नु । उनले पार्टी्भित्र अनुशासनको खाँचो रहेको पनि बताएका छन । कांग्रेस तनहुँले आइतबार दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले अनुशासनभन्दा बाहिर गएर कसैले पनि काम गर्न नहुने बताए।

सभापति देउवाले केही गुनासा भए पार्टी्भित्रै बसेर छलफल गर्न सकिने तर, विधि विधानबाहिर गएर सञ्चालन हुने गतिविधि पार्टीलाई मान्य नहुने उल्लेख गरे।

उनले सबै एकजुट भएर अगाडि बढे कांग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने बताए । त्यसका लागि पार्टीभित्र त्याग र अनुशासन आवश्यक छ उनल भने । अनुशासन समिति बनाएर छाडातन्त्र अन्त्य गरिने उल्लेख गर्दै उनले एउटा चुनाव हार्दैमा निराश नहुन र आगामी चुनाव जित्ने गरी तयारी गर्न निर्देशनसमेत दिए।