१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार विरुद्ध राजधानीमा नेविसंघको प्रदर्शन



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संगठन नेपाली विद्यार्थी संघले आज राजधानीमा सरकार विरुद्ध प्रदर्शन गरेको छ ।

आज राजधानीको माईतिघरमा नेविसंघ केन्द्रीय समितिका नेताद्धारा विरोध प्रदर्शन गर्न लागेका हुन् ।

नेविले निर्मला पन्तको हत्या भएको ५ महिनासम्म पनि हत्यारापत्ता लगाउन नसकेको, चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनसनरत डा. गोविन्द केसीको माग पूरा नगरेको प्रति विरोध गर्न लागेका हुन् ।

नेविले सरकार आफ्नो मनोमानी तरिकाबाट चलेको र देशमा हतया,हिंसा र अराजकतावादलाई बढोवा दिएको भन्दै चर्को आलोचना गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सत्ता पक्षले जवर्जस्ती संसदीय प्रक्रिया अघि बढाएको प्रति सडकमा उत्रिन बाध्य पारेको बताएका छन् ।

मंगलबार नै नेविसंघले नयाँ वानेश्वरमा निषेधित क्षेत्र तोडेर विरोध प्रदर्शन गरेको थियो । नेविसंघले मंगलबार विज्ञप्ती जारी गर्दै डा. केसीको पक्षमा र निर्मला पन्तको बलात्कारको विरोधमा वृहत्त विरोध प्रदर्शन गर्न लागेको जनाएको थियो । अध्यक्ष नैनसिंह महरले देशभरका नेविसंघका नेताहरुलाई सरकार विरोधी प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् ।