१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघको सानेपा धर्ना, घेराबन्दिमा देउवा



अ+ अ-

काठमाडौं । नेपाल विद्यार्थी संघले सानेपास्थित नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयममा दुई घण्टा धर्ना दिएका छन् ।

पार्टिले चाहिनेभन्दा बढि समय थप गरेर बिद्यार्थी राजनिति समाप्त पार्ने खेलमा आफ्ना नेता लागेको भन्दै कार्यकर्ता र नेताहरुले धर्ना दिएका हुन् । नेविसंघका बिद्यार्थी नेताहरुले पटकपटक म्याद थप गरेर संगठन बिरोधी काम गरेको भन्दै आक्रोश पोखेका हुन् ।

पशुपति क्याम्पसको आयोजनामा मोटरसाईकल र्याली सहित पार्टि कार्यलय सानेपा पुगेका नेविका नेता तथा कार्यकताहरुले केन्द्रीय समितिको बैठकमा सहभागी हुन कार्यालय पुगेका सभापति शेरबहादुर देउवालाई घेराबन्दि समेत गरेका थिए ।

नेताहरुले अहिलेको नेतृत्वले महाधिबेशन पनि गर्न नसक्ने र स्ववियु निर्वाचन पनि गर्न नसक्ने भन्दै विद्यार्थीहरुले पार्टी नेतृत्वको विरोध गरेका हुन् ।

नेविसंघको म्याद सकेपनि पार्टिले आजको बैठकसम्मको लागि म्याद थपिएको थियो । आज बस्ने बैठकले नेविसंघलाई नयाँ कार्यदिशा तिर कसरी लैजाने भन्ने कुरामा केन्द्रित रहने नेताहरुले जनाएका छन् ।