२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्सेल्सियरको दोहोरो जित



अ+ अ-


आयोजक द एक्सेल्सियर स्कुलले सातौं एक्सेल्सियर कपअन्तर्गत सिनियर ब्वाइज फुटबलमा बिहीबार दोहोरो जित हात पारेको छ ।

स्वयम्भूस्थित घरेलु मैदानमा एक्सेल्सियर ‘ए’ ले ग्यालेक्सीलाई २–० गोलले पराजित गर्यो । एक्सेल्सियर ‘ए’ का धीरज जोशीले दुवै गोल गरे । त्यस्तै एक्सेल्सियर ‘बी’ ले एनआरएसएचएसलाई ३–१ गोलले हरायो ।
सिनियर ब्वाइजमै एलआरआई त्रिनेत्रले १–१ गोलको बराबरी खेल भने स्राइन मोडेलले राजन मेमोरियल स्कुललाई ५–२ गोलले पन्छायो ।
जुनियर ब्वाइज फुटबलमा आयोजक एक्सेल्सियरले ग्यालेक्सीलाई १–० तथा त्रिनेत्रले आर्या एकेडेमीलाई ३–२ गोलले निराश पारे । दुई खेल खेलेको आर्याले ओराकल रेसंग भने गोलरहित बराबरी खेल्यो ।
सिनियर ब्वाइज बास्केटबलमा एलआरआईले रेडिअन्टलाई ४६–४४ ले पराजित ग¥यो । जुनियर ब्वाइज बास्केटबलमा रेडिअन्टले बिग बुद्धलाई ३२–११, महामञ्जुश्रीले न्यु अरुणोदयलाई २७–१३, एभीएमले एलिट को–एडलाई १२–४ र मोक्सदाले रुपिजलाई २५–२४ ले पाखा लगाए ।
सिनियर गल्र्समा एलआरआईले स्किब्सलाई २२–१६ तथा मोक्सदाले रुपिजलाई १४–१२ ले पराजित गरे । प्रतियोगिताको एक्सेल्सियरका प्रबन्ध निर्देशक राम बस्नेतले एक कार्यक्रमबीच उद्घाटन गरे । फुटबलको सिनियर र जुनियर दुवैमा समान १६–१६ टिम सहभागी छन् । बास्केटबलतर्फ सिनियर ब्वाइज र गल्र्समा समान १२–१२ तथा जुनियर ब्वाइजमा १३ टिमले भाग लिएका छन् । एक्सेल्सियर कप माघ १७ गते सम्पन्न हुनेछ ।