१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभाको बैठक चल्न दिने सहमति नजिक



अ+ अ-

काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक चल्न दिने सहमति नजिक पुगेका छन् ।

आफ्ना नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अस्पताल बन्द नगराउन सरकारलाई दवाव दिन भन्दै पटकपटक संसद अबरुद्ध गरिरहेका कांग्रसे नेतालले आज संसद चल्न दिने स्रोतले बताएको छ ।

केहि बेर अगाडि बसेको कार्यपरामर्श समितिको बैठकमा सहमति जनाउदै संसद चल्न दिने निणर्य गरेका हुन् । अब शान्तिपूर्ण तरिकाले चिकित्सा शिक्षा विधेयक पास गर्न बिधेयक पेश हुने स्रोतले बताएको छ ।

संसदको शुक्रबार बसेको बैठकमा पनि विरोध भएपछि बैठक शान्तिपूर्ण रूपमा सञ्चालनका लागि सभामुख महराको पहलमा संसद भवन वानेश्वरमा कार्यपरामर्शको बैठक जारी छ । सो बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका उपनेता विजय गच्छेदार, प्रमुख सचेतक बालकृष्ण खाँड, सत्ता पक्ष नेकपाका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देव गुरूङ, कानूनमन्त्री भानुभक्त ढकाल र उपसभामुख रहेका थिए ।

यो पनि

http://newspolar.com/2019/01/70060