१४ भाद्र २०८३, आईतवार
,
Latest
इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वार्ता गर्नुको साटो विधेयक पास गरे, सरकार अधिनायकवादी बन्यो : सभापति देउवा



अ+ अ-

काठमाडौं । आफ्नो विरोधका बीच पनि सभामुख कृष्णबहादुर महराले आफ्नो विरोधको वेवास्था गरेर चिकित्सा शिक्षा विधेयक पास गरेको भन्दै प्रमुख विपक्षी कांग्रेसका नेता तथा कार्यकर्ता आक्रमक बनेका छन् ।

शुत्रबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसदहरुको नाराबाजी बिच बिधेयक पास भएको थियो ।

बैठकपछि सञ्चारकर्मीहरुँग कुरा गर्दै सभापति शेरबहादुर देउवाले विपक्षीले रोष्टम घेराउ गर्दागर्दै अधिनायकवादी शैलीबाट विधेयक पास भएको बताए । ‘म प्रधानमन्त्री भएको बेला मनमोहन अधिकारीले रोष्टम घेर्दा मैले वार्ता गरेर अगाडि बढेको हो । वार्ता गर्नुको साटो रोष्टम घरेको बेला वार्ता गर्नुको साटो विधेयक पास गरेको छ । यसबाट प्रष्ट भएको छ, यो सरकार अधिनायकवादी हो ।’

देउवाले सभामुखले आफ्नो पदीय गरिमा कायम राख्न नसक्नु दुःखद भएको समेत बताए । उनले सभामुस सांसदको नभाई पार्टिबाट चलेको र यस्तो पार्टिबाट चलेका ससदले कसैलाई न्याय दिन नसक्ने बताएका हुन् ।

यस अधि नै गगन थापाले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने धोषाण गरिसकेका छन् ।