१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वार्ता गर्नुको साटो विधेयक पास गरे, सरकार अधिनायकवादी बन्यो : सभापति देउवा



अ+ अ-

काठमाडौं । आफ्नो विरोधका बीच पनि सभामुख कृष्णबहादुर महराले आफ्नो विरोधको वेवास्था गरेर चिकित्सा शिक्षा विधेयक पास गरेको भन्दै प्रमुख विपक्षी कांग्रेसका नेता तथा कार्यकर्ता आक्रमक बनेका छन् ।

शुत्रबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसदहरुको नाराबाजी बिच बिधेयक पास भएको थियो ।

बैठकपछि सञ्चारकर्मीहरुँग कुरा गर्दै सभापति शेरबहादुर देउवाले विपक्षीले रोष्टम घेराउ गर्दागर्दै अधिनायकवादी शैलीबाट विधेयक पास भएको बताए । ‘म प्रधानमन्त्री भएको बेला मनमोहन अधिकारीले रोष्टम घेर्दा मैले वार्ता गरेर अगाडि बढेको हो । वार्ता गर्नुको साटो रोष्टम घरेको बेला वार्ता गर्नुको साटो विधेयक पास गरेको छ । यसबाट प्रष्ट भएको छ, यो सरकार अधिनायकवादी हो ।’

देउवाले सभामुखले आफ्नो पदीय गरिमा कायम राख्न नसक्नु दुःखद भएको समेत बताए । उनले सभामुस सांसदको नभाई पार्टिबाट चलेको र यस्तो पार्टिबाट चलेका ससदले कसैलाई न्याय दिन नसक्ने बताएका हुन् ।

यस अधि नै गगन थापाले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने धोषाण गरिसकेका छन् ।