१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया

स्वस्थ र लामो जीवनका लागि योग

स्वस्थ र लामो जीवनका लागि योग
अ अ+ अ-

रूप ठकुल्ला, योग प्रशिक्षक

तपाईंको विचारमा योग कस्तो व्यायाम हो ?

योग जस्तो उत्कृष्ट व्यायाम अरू कुनै छैन । योगले शरीरका साथै मनलाई समेत सुधार्ने प्रयास गर्छ । कसैले योग गर्छ भने ऊ कुनै पनि रोगबाट मुक्त हुन सक्छ ।

योगले शरीरलाई कसरी पुर्‍याउँछ ?

शरीरमा रोग मुख्यतया मानसिक कारणले सिर्जना हुन्छ । हामीमध्ये कतिपयले अहिले खाइरहेको खाना मन्द विषसरह छ भने तनावमय जीवनका कारण पनि योग सबैका लागि जरुरी छ । सन्तुलित रूपमा योग गर्दा शरीरको पाचन प्रक्रिया, रक्त प्रणाली, श्वासप्रश्वासलगायत सबै सिस्टमलाई फाइदा पुग्छ । यसबाट इम्युनिटी पावरसमेत वृद्धि हुन्छ ।

योगका लागि समय नहुनेहरूका लागि कुनै उपाय छ कि ?

व्यस्तताका बीच समय कम छ भने अफिसको आफ्नो कुर्सीमै बसेर पनि एक्सरसाइज गर्न सकिन्छ । घाँटीलाई तल र माथि, साइड तथा नेक हाफ रोटेड गरेर रिलिफ गर्न सकिन्छ । लो ब्याक पेनका लागि दुवै हातलाई माथि उठाएर पूरै शरीर तन्काउने, कुर्सीमै बसेर साइड टु साइड पाइतला छोएर सास फेर्ने र दुवै हात माथि उठाउने । पिठ्युँलाई एकदमै सीधा राखेर आँखा बन्द गरी ध्यानमुद्रामा बस्ने । आफ्नो श्वासलाई कन्ट्रोल गरी दिमाग पूरै खाली गरेर आफ्नो श्वास कसरी भित्र जान्छ र बाहिर निस्कन्छ महसुस गरी ५ मिनेटसम्म बस्ने । जोसँग ध्यानका लागि समय छैन उनीहरूले प्रत्येक दिन कम्तीमा २० देखि ३० मिनेट कुनै पनि किसिमको एक्सरसाइज जस्तो जुम्बा, योग, रनिङ, वाकिङ आदिमध्ये एक गर्नुपर्छ ।

ब्रेन, स्किन र हेयरका लागि कुन आसन उपयुक्त हुन्छ ?

स्किन चम्किलो बनाउन तथा केश झर्नबाट रोक्न सर्वाङ्ग तथा ब्रेनका लागि शीर्षासन गर्नुपर्छ ।

हेल्दी अर्थात् सुपर फुड कस्तो खाना हो  ?

खाना आफ्नै चुल्होमा पाकेको, कम मसला, तेल प्रयोग गरिएको, सकेसम्म सागसब्जी, माछा–मासु आदि फ्रिजमा नराखिएको हुनुपर्छ । हरेक दिन बिहान सुरुवातमा अनार वा फ्रुट जुस, मौसमअनुसारका फलफूल एवं तरकारी खाने । फ्रिजको खाना सकेसम्म कम खाने । फ्रिजको खानामा जम्स हुन्छ, जसलाई आँखाले देख्न सकिँदैन । एकै पटक धेरै खाना नखाने । रातिको खाना सुत्नुभन्दा दुई घन्टाअघि मात्र खाने ।

अहिलेको पुस्तालाई योग बोरिङ तथा स्लो लाग्छ, उनीहरूलाई के भन्न चाहनुहुन्छ ?

योगले फाइदा दिइरहेको हुन्छ । योग बिरामी हुनबाट जोगाउने कवज हो । यसबाट वेट समेत लस हुन्छ । यसमा क्विक रिजल्ट पाइन्छ भने साइड इफेक्टसमेत हुँदैन । त्यसैले हेल्दी र लङ लाइफका लागि योग उपयुक्त विकल्प हो ।

कान्तीपुरको नारीवाट