१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया

तरकारी दुई रुपैयाँ किलोमा पनि बिक्री नहुँदा खेतीमै डोजर

तरकारी दुई रुपैयाँ किलोमा पनि बिक्री नहुँदा खेतीमै डोजर
अ अ+ अ-

काठमाडौं । आफूले उत्पादन गरेको तरकारीले मूल्य नपाएपछि खैरहनी नगरपालिका–६, तुलसीपुरका पुरन महतोले शुक्रबार बन्दाकोभी र मुला खेतमै डोजर लगाएका छन् । बजारमा प्रतिकेजी ३० रुपैयाँ मूल्यमा बिक्री भइरहेको बन्दाकोभी र १५ रुपैयाँ पर्ने मुला व्यापारीले प्रतिकेजी दुई रुपैयाँमा पनि नलगेपछि नष्ट गर्नुपरेको उनको भनाइ छ ।

लगानी र मिहिनेत नै नउठ्ने भएपछि १६ कट्ठा क्षेत्रफलमा लगाएको बन्दा र मुलाखेती नष्ट गरेको महतोले बताए । ‘आफूखुसी पैसा दिएर तरकारी लैजानूभन्दा पनि व्यापारीले तरकारी उठाएनन्, त्यसैले बाध्य भएर डोजर लगाउनुपर्‍यो,’ उनले भने ।

तरकारीले किन बजार पाएन ?
पछिल्लो समय भारतबाट अत्यधिक परिमाणमा तरकारी आयात हुने गरेका कारण नेपालका किसानले उत्पादन गरेको तरकारीले बजारमूल्य पाउन सकेको छैन । अहिले बन्दा र मुला उत्पादन हुने सिजन हो । किसानले आफ्ना घरका करेसाबारीमा खेती गरेकाले पनि बन्दा र मुलाले बजार नपाएको किसानहरूको भनाइ छ । घरघरमै उत्पादन हुने भएकाले पनि अहिले बन्दा र मुला बजारमा कम बिक्री हुने गरेको छ । ‘हामीले उत्पादन गरेको तरकारी लिनै मान्दैनन्,’ महतोले भने, ‘तरकारीको आयात बढ्दै गएका कारण हाम्रो उत्पादनले बजार पाएको छैन ।’

१० लाख घाटा, अझै १० कट्ठामा डोजर लगाउने तयारी
बजारमूल्यभन्दा १५ गुणा कम मूल्यमा पनि बिचौलियाले तरकारी नउठाएको उनले गुनासो गरे । उत्पादन भएको तरकारी बजार पठाउन नपाएका कारण १० लाख मूल्यबराबरको घाटा लागेको महतोले जानकारी दिए ।

मल, बीउ, सिँचाइ, औषधि र श्रमशक्ति खर्च गरेर उत्पादन गरेको तरकारी न्यूनतम मूल्यमा लैजानुभन्दा पनि व्यापारीले लैजान नमानेको उनले बताए । महतोले जग्गा भाडामा लिएर तरकारीखेती लगाउँदै आएका छन् । ‘अहिलेसम्म यस्तो अवस्था आएको थिएन,’ उनले भने, ‘विकल्प नभएपछि तरकारी नष्ट गरेँ ।’

उनले पाँच बिघा क्षेत्रफलमा तरकारीखेती गर्दै आएका छन् । उनको जग्गा १६ कट्ठा मात्र छ । बाँकी जमिन भाडामा लिएर तरकारीखेती गर्दै आएका छन् । उनले २६ कट्ठामा बन्दा र मुला लगाएका छन् । बजारमूल्य दिन व्यापारी आउँछन् कि भनेर १५ दिनसम्म कुर्दा पनि नआएपछि डोजर लगाएको उनको भनाइ छ । खेतबाट व्यापारीले तरकारी नउठाएपछि महतो काठमाडौंको कालीमाटी तरकारी बजारमा पनि पुगे । त्यहाँ पनि बन्दा, मुला र भान्टा लिँदैनौँ भनेपछि निराश भएर घर फर्केको उनले बताए । महतोले बन्दाकोभी, काउली, भान्टा, केराउ, खुर्सानी, आलु र राजमा लगाएका छन् । सबै तरकारी बजार पठाउने वेला भइसकेको छ । मौसमअनुसारका अरू तरकारी लगाउने वेला हुँदा पनि बिक्री नभएपछि नष्ट गरेको उनले बताए । अब बोडी, करेला र घिरौँलाखेती गर्ने महतोले सुनाए । नयाँ पत्रिका दैनिकमा खबर छ ।