२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयर बजारमा दोहोरो अंकको गिरावट



अ+ अ-

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार सेयर बजार १० दशमलव ६८ अंकले ओरालो लागेको हो ।

सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएसँगै नेप्से परिसूचक घटेर १ हजार १ सय ६२ दशमलव ०९ मा झरेको छ ।

आइतबार दिनभर भएका ६ हजार ७ सय ३० करोबारबाट १ सय ६४ कम्पनीका ११ लाख ८५ हजार ८७२ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ३४ करोड ३ लाख ७१ हजार रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

कारोबार रकमका आधारमा आइतबार अपर तामाकोशी हाइड्रोपावर कम्पनी पहिलो नम्बरमा देखिएको छ । अपर तामाकोशीको आइतबार ३ करोड २४ लाख ६३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।