२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

बक्यौता नतिर्ने दुरसंचार सेवा प्रदायक कम्पनिको लाइसेन्स खारेज हुने



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि सचिव महेन्द्रमान गुरुङले बक्यौता नतिर्ने दुरसंचार सेवा प्रदायक कम्पनिको लाइसेन्स खारेज गर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बिकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सचिव गुरुङले स्मार्ट टेलिकम, नेपाल स्याटलाईट टेलिकम, सीजी नेपाल लगायतका कम्पनिले पटकपटक बक्यौता तिर्न आह्वान गरेपनि अटेर गरेको भन्दै अब पनि अटेर गर्नेको लाइसेन्स खारेज गरिने बतचाएका हुन् ।

उनले लाइसेन्स खारेजीको प्रक्रिया अघि बढिसकेको र अब छिटै खोरेजी गरिने बताएका हुन् ।

प्राधिकरणका अनुसार स्मार्ट टेलिकमको मात्रै १ अर्ब ४० करोड रुपैयाँ भन्दा बढी र नेपाल स्याटेलाइट कम्पनीको ६९ करोड ४२ लाख रुपैयाँ भन्दा बढी बक्यौता रहेको छ ।