१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मलाको ‘भजाइनल स्वाब’ सँग आमाको डीएनए मिल्यो



अ+ अ-

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर १३ वर्षीया निर्मला पन्तको यौनीबाट निकालिएको ‘भजाइनल स्वाब’ को डीएनए र उनकी आमा दुर्गादेवीको डीएनए मिलेको छ ।

निर्मलाको स्वाबमा बैधानिक नभएको भन्दै उनकी आमाको पनि डीएनए जाँच गरिएको थियो । उनले पुस २५ गते कञ्चनपुरमा पुगेर आफ्नो रगतको नमुना समेत दिएकी थिइन् ।

लामो समयसम्म रिपोर्ट सार्वजनिक नभएको भन्दै मानवअधिकार आयोगले स्वाब संकलन मै त्रुटिपूर्ण भएको कुरा बाहिर निकाले पछि प्रहरी प्रशासनले यसमा चासो देखाएको थियो ।

मानवअधिकार आयोगको रिपोर्टबाट तत्कालै प्रहरी प्रशासनमाथि नै शंका गरेपछि बाध्य भएर प्रहरीले निर्मलाको ‘भजाइनल स्वाब’ को डीएनए र दुर्गादेवीको डीएनए मिलेको आज बताएको हो ।

अब डीएनए नै मिलेपछि कसैले यसमा शंका गर्न आवश्यक नरहेको निर्मला हत्या प्रकरणका अनुसन्धान अधिकृत डीएसपी कृष्णराज ओझाले बताए ।

निर्मलाको डीइनइ मिलेपनि अझै कसले हत्या गर्या भन्ने कुराको पत्ता लग्न सकेको छैन् । प्रधानमन्त्री ओलीले यसअगाडि नै हत्यारा पत्ता नलागे अन्तर्राष्ट्रिय अनुसन्धान कर्ता ल्याएर भएपनि हत्यारा पत्ता लगाउने उद्घोष गरिसकेका छन् ।