१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

करणलाई दोस्रो सफलता, युएईको पाँचौ विकेट झर्यो



अ+ अ-

काठमाडौं । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको तेस्रो तथा अन्तिम खेलमा युएईले पाँचौ विकेट गुमाएको छ ।

यूएईले पाचौ विकेटको रुपमा सिपी रिज्डवानलाई ४५ रनमा गुमाएको हो । उनले ७६ बलमा ४५ रन बनाउदा ४१. २ ओभरमा करण केसीले बिनोद भण्डारीको हातबाट क्याच गराएका हुन् ।

युएईले पहिलो विकेटको रुपमा २.५ ओभरमा अहमतलाई शून्य रनमा गुमाएको थियो । सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका थिए ।


दोस्रो विकेट करण केसीले लिए । उनले चिराग सुरीलाई ५.६ ओभरमा शून्य मै आउट पारेका थिए । नेपालका लागि तेस्रो विकेट सन्दीप लामिछानेले लिए। उनले गुलाम सकवरलाई १९.४ मा १८ रनमा आउट पारेका हुन् । चौथो विकेटमा मुहमद उस्मानलाई २०.२ ओभरमा २६ रनमा गुमाएको थियो ।उस्मानको विकेट नेपाली टिमका कप्तान पारस खड्काले लिएका हुन् ।

अहिले यूएई ४४ ओभरको समाप्तिमा पाँच विकेट गुमाएर १६६ रनको स्थितिमा छ । यूएईका लागि सिमन अनुवारले ५८ बलमा ६२ तथा मोहमद बोटाले १० बलमा ९ रन बनाएर खेल्दै छन् ।