२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

करणलाई दोस्रो सफलता, युएईको पाँचौ विकेट झर्यो



अ+ अ-

काठमाडौं । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको तेस्रो तथा अन्तिम खेलमा युएईले पाँचौ विकेट गुमाएको छ ।

यूएईले पाचौ विकेटको रुपमा सिपी रिज्डवानलाई ४५ रनमा गुमाएको हो । उनले ७६ बलमा ४५ रन बनाउदा ४१. २ ओभरमा करण केसीले बिनोद भण्डारीको हातबाट क्याच गराएका हुन् ।

युएईले पहिलो विकेटको रुपमा २.५ ओभरमा अहमतलाई शून्य रनमा गुमाएको थियो । सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका थिए ।


दोस्रो विकेट करण केसीले लिए । उनले चिराग सुरीलाई ५.६ ओभरमा शून्य मै आउट पारेका थिए । नेपालका लागि तेस्रो विकेट सन्दीप लामिछानेले लिए। उनले गुलाम सकवरलाई १९.४ मा १८ रनमा आउट पारेका हुन् । चौथो विकेटमा मुहमद उस्मानलाई २०.२ ओभरमा २६ रनमा गुमाएको थियो ।उस्मानको विकेट नेपाली टिमका कप्तान पारस खड्काले लिएका हुन् ।

अहिले यूएई ४४ ओभरको समाप्तिमा पाँच विकेट गुमाएर १६६ रनको स्थितिमा छ । यूएईका लागि सिमन अनुवारले ५८ बलमा ६२ तथा मोहमद बोटाले १० बलमा ९ रन बनाएर खेल्दै छन् ।