१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व राजा ज्ञानेन्द्रका छोरा पारस शाह बिरामी



अ+ अ-

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहका छोरा पारस शाह बिरामी भएका छन् । अहिले शाह नर्भिक इन्टरनेशल अस्पताल भर्ना भएका छन्।

छाती दुख्ने समस्या आएपछि नर्भिकको इमर्जेन्सीमा मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्टको टोलीले उपचार गरिरहेको अस्पताल स्रोतले बताएको छ।

उपचारमा संलग्न डाक्टरका अनुसार उनको लक्षण हेर्दा उनलाई माइनर हृदयाघातको शंका गरिएको र हाल उनको आवश्यक जाँच भइरहेको र रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ। केही बर्ष यसअघि पनि उनलाई हृदयाघात भएको थियो।